बाजुरा जिल्लाको बुढिनन्दा देबिको उत्पत्तिको विषयमा ठ्याक्कै यति बर्ष भयो भनेर एकिन गर्न नसकिए पनि देबिको उत्पती अध्यनको क्रममा धेरै रहस्यहरु फेला परेकाछन। जसमध्ये मैले एउटा सानो रहस्य प्रस्तुत गरेकोछु।
धेरै बर्ष पहिलेको कुरा हो। बाजुरा जिल्लाको नुरि भन्ने गाउका दाने र पलाने बम दुई दाजुभाइ भेडा चराउन पाटन तिर गएका थिए। भेडा चराएर फर्किने क्रममा उनिहरुले सिकार खेल्ने इच्छा गरेछ्न।दाजुभाइको सोच सिकार गर्ने थियो!सिकारको लागि पाटनको सबै ठाउमा परिक्रमा गरे !तर जति प्रयास गर्दा पनि कुनै सिकार भेट्टाउन नसकेपछी ती दाजुभाइ निरास भए।
त्यो रात उनिहरुले आफू सङग भएको जेछ त्यहि खानेकुरा खाएर भोक मेटाए। त्यस्तै गरेर लगातार ४ दिन बित्यो ,तर कुनै सिकार भेट्टाउन नसकेपछि अब घर फर्किनु पर्यो भन्ने बिचार गर्दै थिए।त्यही समयमा एउटा सुनौलो सिङ्ग भएको मृग देखियो। ती दाजुभाइ खुशी भए। उक्त मृगको सिकारको लागी पछि पछि गए।धेरै पटक बन्दुक चलाए!तर जति बन्दुक चलाएपनी त्यो मृगलाइ तिर लाग्न सकेन!! मृग उनिहरुको नजिकै हुन्थ्यो तर पनि समात्न र भेट्टाउन मुस्किलै हुन्थ्यो।दिनभरीको परिश्रमले कुनै काम नभएपछी साझ पर्यो !तिनी दाजुभाइ एउटा ठूलो गुफामा गएर बास बसे ! अब खानेकुरा के खाने भनेर चिन्ता पर्यो।यस्तो सुनसान पाटनमा मान्छे हुने कुरै भएन !चिन्ताले ब्याकुल भएका थिए ।केही समयपछी रातको समयमा कसैले लौ यो खिर खानुहोस भनेको आकाश्वाणी भयो ! त्यो खिर नजिकै थियो।उनिहरु भोकाएका हुदा सपासप खाए। तर अचम्मको कुरा यो थियो कि त्यहा मानिसहरु कोहि थिएन ,कता देखि यो खिर आयो भन्ने कुराको मनमा खुल्दुली भहिरहेको थियो। उनिहरु दिनभरी थाकेकाले गुफामा गहिरो निन्द्रामा सुते।बिहानाको समयमा त्यो मृग नजिकै सुतेको रहेछ ।
उनिहरु छक्क परे।अब मृग भेटियो छोप्नु पर्यो भनी दाने अगाडि सर्नुभयो तर मृगलाइ समात्न सकिएन। जहाँ मृग जान्छ उनिहरु त्यही त्यही गए।बन्दुक पट्क्याए ,बन्दुक पनि नपट्कने भयो।मृग अगाडी दौडिदैछ उनिहरु पछाडी दौडिदैछन तर पनि कुनै प्रयासले पनि त्यो सुनौलो मृगलाइ समात्न सकेनन् ।उनिहरुलाइ मृगभन्दा अब सुनको माया बढी लागिसकेको थियो।त्यो मृगले उनिहरुलाइ विभिन्न ठाउमा घुमायो! पाटनको भेग हुँदै छाप्रा पाटन ,बड्डिपाटन, लौरि बिनायक हुदै सात पाख्याको पहाडको पत्थरमा पुग्यायो। त्यो दिनपनी उनिहरु थाके अब सुत्नुपर्यो भनी सुत्नको लागि चरिदहको केहि माथि हिडेपछि धौलि बगरको गुफामा गए।उनिहरु बेस्सरी थाकेकाले गहिरो निन्द्रामा परे। त्यही राती सपना भयो ।सपनामा एउटा सुन्दर कन्या केटिको रुप धारण गरि देबि बोल्नुभयो।र भन्न थाल्नुभयो।
मैले तिमिहरुलाइ धेरै दुख दिए।तिमिहरुको बन्दुक नपड्कने बनाइदिए।सुनौलो मृगको रुपगरी छकाए ,धेरै डुलाए। तिमिहरु भोकाएका थियौ ,मैले खानेकुरा दिए, यी सबै कृयाकलाप गर्नुको कारण थियो। म श्री बुढिनन्दा देबि हु ।म पहिला बाजुराको जुगाडा भन्ने ठाँउमा बसेकि थिए।त्यो ठाउमा मेरो पुजा आजा भएकै थियो तैपनि म त्याहा बाट बाजुराको कोल्टि भन्ने ठाँउमा पुगे।त्यहाको चौकिलेख भन्ने ठाँउमा दुई तीन पुस्ता जती बसे, तर मलाई यो ठाँऊ सारै राम्रो लाग्यो। यसकै माथी एउटा ठूलो निजार छ त्यसै ठाउमा बस्छु ।
म तिम्री छोरी हु तिमी मेरा माईति भएर( पुजारी बनेर )आउनुहोला।होमगर्ने पण्डितको लागि बाधुका गंगाराम उपाध्या लाई बोलाईदिनु होला ।अब तिमिहरुले मेरो लागी मन्दिर बनाइदेउ र मेरो पुजारी बनी मेरो सेवा गर !! तिमिहरुले मेरो सेवा गरेमा म सम्झेको बरदान दिनेछु। जो दुखी छन। जो गरिब छन ।जसका सन्तान छैन ।जो पापी छन ।जस्ले मेरो भक्ति गर्दछ ,तिनिहरुले मेरो सेवा गरे भने म अबस्य बरदान दिनेछु।तिमिहरुले मेरो प्रचार गरिदिनु, भनेर देबिले भन्नुभयो।ब्राह्मणको लागि बाधुमा गङगाराम उपाध्यायलाई सुरो र आर्सागुर्जा बनाउन लगाइ मेरो पुजा हवन गर्न आउनु भनि खबर गर्नुहोला ! प्रत्यक बर्षको श्रावण पुर्णिामाको अघिल्लो दिनमा मेरो मन्दिरमा आएर पुजा आजा होम गर्नु ! तिमीहरु मेरो पुजारी (माइती ) र बाधुका तिमिल्सिना ब्राह्मण मेरो पुजारी ,हुमारा हुनु भनेर बरदान दिएर अन्तर्ध्यान हुनुभयो।
बिहाना कलिलो सुर्यको प्रहरमा उनिहरु ,नुहाइ धुहाइ गरि पबित्र भही मन्दिर बनाउने कार्यमा ब्यस्त भए।धौलि भडार भन्दा माथि सुनालिस्नु भुजाडालि भन्दा केहि माथि पुगिसकेपछि बासुधाराको जलले फेरि स्नान गरि पबित्र भइ फुलबारी देखि पुष्पका गुच्छा देबिलाइ अर्पण गरी मन्दिर बनाउन कार्यको लागि साइत गरे। दुइ दाजुभाइले चट्टान फुटाली पत्थर निकाले ! बढो मेहेनेतका साथ बुढिनन्दा देबिको लागि राम्रो किसिमको मन्दिर बनाउन सफल भए। मन्दिर तयार भएपछि हर्सका साथ घर फर्किने तयारि भए। फर्किने समयमा एउटा सुनौलो मृग भेटियो ! त्यो मृगलाइ समात्न खोज्दा हातमा सुन आयो त्यो सुनको सिङगलाइ लिएर देबिको मन्दिरमा धनबागस बनाइ धन चडाए।देबि प्रसन्न भएर धेरै सुनौला मृगको बथान उत्पन्न गरिदिनुभयो !उनिहरु खुसी भए र सकेजतिको सुन र पबित्र जल सहित पुष्पहरु लिएर घरमा फर्किए।
त्यहा मान्ने देबिदेउतालाइ बुढिनन्दा देखि ल्याएको जलले अभिसेक गरी पबित्र गराए।त्यहा पाटनमा भएका र घटेका सम्पुर्ण कुराहरुलाइ गाउलेलाइ जानकारी दिए। गाउले हरु प्रसन्न भए, गाउका जान्न,मान्नेहरुको सल्लाह बमोजिम नुरी गाउँमा प्रत्यक बर्षको श्रावण महिनाको पुर्णिमामा जात्रा लगाउने सल्लाह भयो !त्यही बर्षबाट अहिले सम्म पनि त्यहा जात्रा मनाइन्छ ।
नुरि गाउको सबैभन्दा ठूलो जात्रा भनेको श्रावण पुर्णिमा हो। उक्त जात्रामा टाढा टाडा बाट मानिसहरु आउने गर्दछन ! ,देबिको पुजा आजा लगाएत देउडा नाच लाखे नाच ,पनि,देबि देवताको महिमा भजन कृतन आदि हुने गर्दछन।बाजुरा बुढिनन्दा धाममा जानको लागि यात्रा कठिन छ तर देबिलाइ मनमा सम्झेर भक्तिका साथ यात्रा गर्दा कुनै थकाइ महसुस नहुने जनगुनासो रहेको छ।
यात्रा गरिरहदा बाटोमा हिउँको छहरा र बनजङलको शोभनीय दृश्यले मन प्रसन्न हुने गर्दछ। त्यहा जानको लागि एकादशिको दिनमा नै घरबाट तयारीका यात्रा गर्नुपर्ने हुन्छ।त्यहा खाने बस्ने सुबिधा नहुने भएकाले आफैले सम्पुर्ण खानेकुरा बोकेर लिनुपर्ने हुन्छ। झन्डै ५ दिनको यात्रा शुभारम्भ गर्न सकिन्छ।नेपालका विभिन्न स्थानबाट हजारौं तिर्थयात्रीहरु दर्सनको लागि आउने गरेकाछ्न।
साच्चिकै बाजुराको बुढिनन्दा धामको यात्रा आकर्षण र रमाइलो छ। सुन्दर हरियाली मौसम ,फुलैफुलको दृश्यले तिर्थयात्रीको मन प्रसन्न हुने गरेको पाइन्छ।यहाँ धेरै नै सत्यता रहेकोछ। जे मनले सोचेको हुन्छ त्यो अबश्य पूरा हुने जनबिश्वास रहेकोछ। देबिको शक्ति अप्रम्पार रहेकोछ।
बाजुरा जिल्लाले यो पटक नेपाल सरकारको संघिय सरकारमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको रुपमा माननीय बद्रि पाण्डेलाइ पाएको छ। पक्कै पनि बाजुराको सस्कृति तथा पर्यटन बिस्तार र बिकासमा केहि उपलब्धि होस् । बाजुरा जिल्लामा रहेका बिभिन्न धार्मिक स्थलहरुलाइ पहिचान गरी युवाहरुका लागि रोजगारीका सम्भावना सिर्जना हुदै जाउन।धार्मिक र पर्यटनका माध्यम बाट आयआर्जनका श्रोतहरु वृद्धि हुनेछ्न ।
मेरा पिता श्री दिपचन्द्र उपाधयाय ज्युको मुखाराबृन्ध बाट सुनि पिताको सल्लाह बमोजिम यो प्रसङ्ग पुरा गरेकोछु। केहि कमि कमजोरी भएमा आगामि दिनमा सुधार गर्दै यहाँहरुको सुझाव सल्लाहको अपेक्षा राख्दछु।