बाजुरा —बाजुरामा जवरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । बिहिवार राति किशोरीलाई जवरजस्ती करणीको आरोपमा जगन्नाथ गाउँपालिका वडा नंः ३ का २८ वर्षीय मदन ढोली पक्राउ परेका हुन् ।
१७ वर्षीया किशोरीलाई जवरजस्ती करणी गरेको आरोपमा युवकलाई बिहिवार राति पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय बाजुरामा ल्याइएको प्रहरीले जनाएको छ ।
आरोपित युवकले पीडित किशोरीलाई गएराति घरमा गएर जबरजस्ती करणी गरेको भन्ने खबरपछि युवकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख डिएसपी दिलीपकुमार गिरीले जानकारी दिएका छन् । पिडित पक्षले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिसकेको र घटनाको थप अनुसन्धान भइरहेको जनाएको छ ।