बाजुरा – नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सदस्य भरत बुढाले जिल्ला अधिवेशन संचालन भइरहेका बेला पार्टी छाेडेकाे प्रेस विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।
एमाले बाजुराका पुर्व सचिव र उपाध्यक्ष भएर काम गरेका बुढाले मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै साधारण सदस्य समेत नरहने गरी पार्टीको प्रदेश कमिटीबाट राजिनामा दिएका छन्।
प्रेस विज्ञप्तीमा पार्टीको काम गर्दागर्दै अनावश्यक रुपमा मलाई आरोप लगाएको प्रति असन्तुष्टी जनाउदै पदबाट राजिनामा दिएको उल्लेख छ । पार्टीले दिएको जिम्मेवारी पार्टीको हितमा काम गर्दागर्दै पनि व्यक्तिगत र सामाजिक जीवनमा असर पुग्ने गरी पार्टीका नेतृत्वबाट निराधार आरोप लगाएको वताएका छन् ।
बुढाले सदस्य पदबाट राजिनामा गर्दै स्वतन्त्र जीवन बिताउने घोषणा समेत गरेका छन् ।