मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • समाज
  • आर्थिक अभावले उपचार नपाउँदा ७ बर्षीय बालक अलपत्र

आर्थिक अभावले उपचार नपाउँदा ७ बर्षीय बालक अलपत्र

  • आइतवार, चैत्र ४, २०८०
आर्थिक अभावले उपचार नपाउँदा ७ बर्षीय बालक अलपत्र

बाजुरा —बाजुराको बुढिनन्दा नगरपालिका ४ सिम कुरूका ७ बर्षका धन रोकाया आर्थिक अभावमा ७ बर्ष देखी उपचार गर्न सकेका छैनन् । धनको जन्मजातै खुट्टाको पैताला बाङ्गो तथा पछाडि फर्किने (क्लब फुट) समस्याले ग्रस्त रहेका छन् ।

बाजुराको दुर्गम गाउँमा रहेका धन बाङ्गो खुट्टाको साहारामा हिडडुल गरिरहेका छन् । जन्मेदेखी नै धन समस्या भोग्दै आएपनि पैसा नहुँदा उपचार गर्न नसकेको बुवा लाल बहादुर रोकायाले बताएका छन् । अर्को यसको उपचार हुन्छ भन्ने कुनै जानकारी समेत नभएको लाल बहादुरले बताए ।

धनलाई पालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा चेकजाँचका लागि लगेको थियो । स्वास्थ्य केन्द्रले उपचार गरे ठिक हुन्छ, काठमाडौ लिन भनेपनि पैसा नहुँदा कतै लिन नसकेको बुवाले बताएका छन् । ५ जनाको परिवार रहेको लालको विपन्न परिवार रहेको छ । धनकी आमा बशु रोकाया पनि लामो समय देखी बिरामी रहेकी छन् ।

धन गाउँ नजिकै रहेको भावना आधारभुत बिद्यालयमा कक्षा १ मा पढने गरेका छन् । उनि जोखिम मोलेर बिद्यालय जाने आउने गरेका छन् । लालले छोरोको उपचारका लागि धेरै ठाँउमा हारगुहार गरेपनि कतैबाट सहयोग नभएको बताएको छ । काठमाडौ लगे उपचार हुन्छ भनेर सुनेका थियौ, काठमाडौ जाने पैसा छैन्, उपचार गर्ने कुरा त धेरै टाढा भएको लालले बताएका छन् ।

धन बाङ्गो खुट्टाको शाहारामा फाटो लुगा तथा नाङ्गो खुट्टामा बिद्यालय जाने आउने गर्छन् । पैसा नहुदा छोरालाइ राम्रो लुगाकपडा, स्टेशनरी तथा जुता किन्न नसकेको आमा बशुले बताएकि छन् । चिकित्सले धनको खुट्टाको सानैमा उपचार गरे हिड्डुल गर्न सक्ने हुने गरेको बताए । बालबालिकामा जन्मजातै खुट्टाको पैताला बाङ्गो हुने या पछाडि फर्किने (क्लब फुट) समस्या समयमै उपचार गरे निको हुने गर्छ । जन्मेपछि मात्रै थाहा हुने सो रोगको शल्यक्रिया वा प्लास्टर गरेर निको पार्न सकिने चिकित्सक बताउछन् ।

विश्वको तथ्याङ्कअनुसार एक हजारमध्ये एक जनामा यो (क्लब फुट) रोग देखिने गरेको भए पनि नेपालमा यसको यकिन तथ्याङ्क भने छैन । पाटन अस्पतालका डा. ईश्वर घिमिरेका अनुसार क्लब फुट भएका बालबालिकालाई अवस्था हेरी प्लास्टरदेखि शल्यक्रियासम्म गर्नुपर्ने बताए । यसमा “धेरै आत्तिनु पर्दैन, समयमै उपचार गर्न सके यसलाई सामान्य बनाउन सकिन्छ ।”

बालबालिकामा यो समस्या वंशाणुगत गुण, कलिलैमा गर्भवती हुँदा र जुम्ल्याहा बच्चा जन्मदा देखिन सक्ने चिकित्सक बताउँछन् । क्लब फुट भएका बालबालिकालाई स्प्लिन्ट (विशेष जुत्ता), पोन्सेटी (प्लास्टर) र थेरापी विधिबाट उपचार गराउन सकिने चिकित्सकको भनाइ छ । दुर्गम गाउँमा यस्ता समस्याका भएका बालवालिकाहरु धेरै भेटिने गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार