• होमपेज
  • कला /साहित्य
  • कता जाने जब निकास पाउँदैनन् जनताले

कता जाने जब निकास पाउँदैनन् जनताले

  • सोमवार, पुस २, २०८०
सेयर गर्नुहोस् :
कता जाने जब निकास पाउँदैनन् जनताले

जब सोझा नागरिक र नेता वेअक्कल हुन्छ,
त्यही बेला दुश्मनको योजना सफल हुन्छ।

कता जाने जब निकास पाउँदैनन् जनताले,
देशको व्यबस्था समेत बढी खलबल हुन्छ।

बिद्रोहका तरङ्ग उम्रिनथाल्छन् ठाउँ ठाउँमा,
धेरैको मन् मष्तिकमा समेत हलचल हुन्छ।

देशलाई दाउँमा लगाएर ऐयासी गर्छन् नेता,
त्यसैले अतिकर्मणलाई धेरै मल जल हुन्छ।

नेता राजनीति त गर देश र जनताकै लागि,
पहिले देश हुन्छ र पो राजनीति दल हुन्छ।

मलाई भन्छन् तेरो मनमा छैन र दया मायाँ,
त्यसो नभनौँ मुटुमा देशको प्रेम अटल हुन्छ।

चर्चामा

सम्बन्धित समाचार