काठमाडौ—अभिनेता प्रदीप खड्काले फिल्म ‘ऐरी’ मार्फत हिन्दी फिल्ममा डेब्यु गर्ने भएका छन्।
मंगलबार निर्माण टिमले फिल्मको टिजर र पोस्टर सार्वजनिक गर्दै प्रदीपले बलिउडमा इन्ट्री गर्न लागेको जानकारी दिएको हो।
फिल्म सिकारीको कथावस्तुमा आधारित रहेको बताईएको छ । पोस्टरमा भने प्रदीप र बाघको तस्बिर राखिएको छ ।
जीवन थापाको निर्देशन हुने यो फिल्म हिन्दीसहित दक्षिण भारतीय भाषाहरूमा समेत बन्नेछ। सुवास कालेसहित रञ्जनकुमार गुप्ता र राजन कुँवर फिल्ममा निर्माताका रूपमा रहेका छन्।