बुधबार, मंसिर १९, २०८१
  • होमपेज
  • कला /साहित्य
  • छैन सर्वसाधारणलाई बाँच्नसक्ने अबस्था

छैन सर्वसाधारणलाई बाँच्नसक्ने अबस्था

  • शुक्रबार, मंसिर ८, २०८०
छैन सर्वसाधारणलाई बाँच्नसक्ने अबस्था

बाले रगत बेच्यो अनि छोरा पढायो सधै,
उहिछोराले रक्सिको प्याक लगायो सधै,

बुढा बुढी डुब्न थालेका घाम जस्तो हुँन
छोडेन यो चिन्ताले उसैलाई सतायो सधै।

किन सरकारले लगाउँदैन प्रतिबन्ध भन्छ,
युवा शक्तीहरू लाई नसामा फसायो सधै।

समाज कता जाँदैछ र देश कता जाँदै छ,
सरकारले युवाहरू सिमाना कटायो सधै।

मार्ने र काट्ने सेवाए कुनै उपलब्दी छैन,
रोजगारको लागी बिदेशलाई धायो सधै।

टुक्रा /टुक्रा पार्नुथियो सङ्घियाताले देश,
रत नेताहरू लाई बिदेशीले फकायो सधै।

केहोला हाम्रो देशको भविश्य सोंचिरहन्छु,
देशको व्यबसाथाले गरिब अघायो सधै।

छैन सर्वसाधारणलाई बाँच्नसक्ने अबस्था,
दलालहरूले देशभक्तहरूलाई धपायो सधै।

चर्चामा

सम्बन्धित समाचार