• होमपेज
  • बडिमालिका
  • स्थानिय संस्कृतिक पर्ब अनन्ते मेला सुरु

स्थानिय संस्कृतिक पर्ब अनन्ते मेला सुरु

  • शुक्रबार, अशोज १२, २०८०
स्थानिय संस्कृतिक पर्ब अनन्ते मेला सुरु

बाजुरा– बाजुरालीहरुको स्थानिय संस्कृति पर्ब अनन्ते मेला सुक्रबारबाट सुरु भएको छ । भाद्र शुल्ल पूणर्ीमाको दिनबाट सुरु गरिएने अनन्ते मेलालाई बाजुरामा बिशेष पर्वका रुपमा लिने गरेका छन् ।
यो मेला तीन दिन देखी पाँच दिनसम्म लाग्दछ । यो बर्ष असोज १२ गतेबाट सुरु भएर १४ गतेसम्म भब्यताका साथ मनाउने मेला ब्यवस्थापन समितिका अध्यक्ष खडक रावलले बताएका छन् । बाजुरालीले दशै पछिको महत्वपूणर् पर्वका रुपमा अनन्ते पर्वलाई लिने गरेको छन् । महाभारतमा कौरवसंगको लडाईमा पाण्डवहरुले बिजयी हासिला गरेको खुशीयालीमा पाण्डवका पक्षमा तथा न्यायीका पक्षधरहरुले बिजयी उत्सवका रुपमा अनन्ते पर्वलाई लिने गरेको बुढापाकाहरुले बताउने गरेका छन् ।
पर्वलाई सत्यको बिजयीको सम्झनामा बनाउने गरिएको अनन्ते मेलाका जानकार कुम्भराज पण्डितले बताएका छन् । मेला अवधिभर लाखे नाच, मागल, पाण्डवको युद्धको कौशल लडाईको युद्ध नीतिका बारेमा चर्चा परिचर्चा गरिन्छ । मेला हिन्दुहरुले मान्ने १६ श्राद्धय सुरु भएकै दिनबाट सुरु हुन्छ ।
अन्यायको अन्त्य भन्ने शब्द अपभ्रस भएर अनन्ते शब्दको उत्पति भएको किवदन्ती रहेको छ । व्रतबन्ध अनन्त धारणा गर्ने परम्परा रहेकोले यो पर्व पूणर्ीमाको दिनबाट सुरु भएर भगवनको भजन कृत्तन र महापुरुषले गरेका कल्याकारी कार्यलाई समुदायी बीच गीत मागलसंगै बिजुराका गाथाको माध्यमद्धारा मेला मनाउने गरेको स्थानिय बुद्धिसिंह थापाले बताए ।
मेला अबधिभर बिजुरा बजाउदै गीत मागल गाएर महाभारतको युद्धमा कौरव र पाण्डव बीचको युद्ध संवाद योद्धाले देखाएको युद्ध कुशलताका जस्ता कार्यको बणर्न गर्दै मेला बनाउने चलन छ । यो पर्ब सास्कृतिक रुपमा धनी पर्वका रुपमा बाजुरालीहरुले लिने गर्छन ।
स्थानिय लोक सास्कृतिक र जिल्लाको पहिचानको रुपमा मनाईने पर्ब बाजुरा जिल्लाको मार्तडी, जुगाडा, आटीचौर, बुढीगंगा, बाह्रबिस लगाएतका क्षेत्रमा मनाउने गरिन्छ । सस्कृतिको जगेर्ना आफन्तसंगको भेटघाट र मित्रताको सुरुवातको संकेतका रुपमा पनि अनन्ते पर्वालाई मनाउने गरिएको स्थानिय शेरबहादुर रावलले बताए ।
पर्वलाई सबै जातिको उस्थितिमा सामुहिक रुपमा मनाउने भएकोले सामाजिक शान्ति स्थापना गर्न पनि पर्वको महत्व रहेको मार्तडीका स्थानिय धनबहादुर रावलले बताए । मेलाको अवसर पारेर छिमेकी जिल्ला पालिकाका लेक, खर्क, बेशीबाट आफन्त गोठालाहरु बिद्यार्थीहरु र कर्मचारी एकै ठाउमा जम्मा भएर आफ्नो क्षेत्रको सुखा दुखा देखी भाईचाराको सम्बन्ध कायम हुने गरेको स्थानियले बताउने गरेका छन् ।
मेला अधिभर केटा केटीहरु दोहोरी देउडा मार्फत महाभारतको कथाबस्तुलाई कलात्मक तरिकाले ब्यक्त गर्ने गर्दछन । मेला गोलो घेरा बनाएर दुई पट्टीबाट मिजुरा बजाउदै पालै पालो गित गाथा गाएर रमाईलो गर्ने गर्दछन ।
मेला ब्यवस्थापनका लागि खडक रावलको अध्यक्षतामा ९ सदस्य समिति बनाएको छ भने पदम रावल संयोजक रहने गरि ३० जना स्वयमसेवक खटाउने निणर्य गरिएको बडिमालिका नगरपालिका ८ का वडा अध्यक्ष चन्द्र थापाले बताए । मेला अवधिभर पूर्वमा खेत काट्ने, पश्चिममा बालमन्दिर स्कुल, उत्तरीमा चैडिल र दक्षिणमा बाजुरा क्याम्पस क्षेत्र भित्र मदिरा बिक्रि बितरण गर्न नयाउनेर कोही कसैले विक्रि गरेको पाईएमा ५ हजार र मदिरा सेवन गरि होहल्ला गरेमा ३ हजार जरिवाना समेत गरिने ब्यवस्था समितिले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार