• होमपेज
  • सुचना प्रबिधी
  • शनिबार देशका यी स्थानमा हुने छ वर्षा

शनिबार देशका यी स्थानमा हुने छ वर्षा

  • शनिबार, अशोज ६, २०८०
शनिबार देशका यी स्थानमा हुने छ वर्षा

काठमाडौं — शनिबार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशहरूमा सामान्य बदली र बाँकी भूभागहरूमा आंशिकदेखि सामान्य बदली रहनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

कोशी, मधेस र गण्डकी प्रदेशको एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। लुम्बिनी, मधेश र कोशी प्रदेशको तराई भूभागका एक दुई स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

शनिबार राति देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा र देशका बाँकी भूभागका एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

चर्चामा

सम्बन्धित समाचार