• होमपेज
  • समाचार
  • नेपाल विद्युत प्राधिकरणका आय संकलन काउन्टर असोज १ गते बन्द हुने

नेपाल विद्युत प्राधिकरणका आय संकलन काउन्टर असोज १ गते बन्द हुने

  • आइतवार, भदौ ३१, २०८०
नेपाल विद्युत प्राधिकरणका आय संकलन काउन्टर असोज १ गते बन्द हुने

काठमाडौं– नेपाल विद्युत प्राधिकरणका आय संकलन काउन्टर भोलि (असोज १ गते) बन्द हुने भएका छन् । सो दिन विश्वकर्मा पूजा भएकाले आय संकलन काउन्टरहरु बन्द हुने नेपाल विद्युत प्राधिकरणले सूचना जारी गरी जानकारी दिएको हो ।

वास्तु दिवस पनि भनिने विश्वकर्मा पूजाको दिन मेसिनरी पार्टपूर्जाको पूजा गर्ने चलन छ । विभिन्न औजारका सामानमा पूजा गरेमा धेरै समय टिक्ने, कामको बेला नबिग्रिने र राम्रो काम गर्न सकिने लगायतका गुण प्राप्त हुने धार्मिक विश्वास छ ।

विश्वकर्मा पूजाको खर्च संकलन र प्रसाद वितरणका लागि भन्दै प्राधिकरणका कर्मचारीबाट दुई सय रुपैयाँको दरले रकम संकलनसमेत गरिएको छ । प्राधिकरणका अनुसार विद्युत् प्राधिकरणको कार्यालय भित्र रहेको विश्वकर्मा मन्दिरमा १ असोजका दिन पूजा गरिने छ ।

चर्चामा

सम्बन्धित समाचार