
काठमाडौं— संविधानसभा अध्यक्ष तथा नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदैछ ।
सोमबार राति हृदयाघातबाट निधन भएका नेम्वाङको पार्थिव शरीर उनको निवासबाट राजकीय सम्मानका लाथ निकालेर अहिले अन्त्येष्टिका लागि पशुपति आर्यघाटतर्फ लगिँदै छ । पार्थिव शरीर अन्त्येष्टिका लागि आर्यघाटमा १० नम्बर चिता सजाउँन सुरु गरिएको छ ।
