काठमाडौं— सुवास नेम्वाङका जेठा छोरो मिङ्सो पनि आईपुगेका छन् । उनी बेलायत थिए । बाबुको निधनको खबरपछि उनी आज स्वदेश आईपुगेका हुन् ।
सुवासका कान्छा छोरा सुहाङ पनि आज विहान आईपुगेका थिए । सुहाङ अष्ट्रेलियामा थिए । सुवास नेम्वाङको अन्तिम दाहासंस्कार भोलि पशुपतिमा गरिने भएको छ ।
उनको हृदयघातका कारण हिजो निधन भएको थियो । नेम्वाङ संविधान सभा सदस्य एवं पूर्व सभामुख हुन् । नेम्वाङको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि आज दिउँसोसम्म पार्टी मुख्यालय च्यासलमा राखिने छ ।
त्यसपछि उनको नीजी निवास बालुवाटार लगिने बताइएको छ । उनको अन्तिम संस्कार भोलि विहान ११ बजे पशुपतिमा राजकीय सम्मानसहित गरिने छ ।
उनको अन्तिम संस्कारको दिन सरकारले देशैभर सार्वजनिक विदासमेत दिएको छ ।