• होमपेज
  • बडिमालिका
  • यौन प्रजनन स्वास्थ्य तथा लैंगिक हिसा सम्बन्धी अभिमुखिकरण

यौन प्रजनन स्वास्थ्य तथा लैंगिक हिसा सम्बन्धी अभिमुखिकरण

  • शुक्रबार, भदौ २२, २०८०
यौन प्रजनन स्वास्थ्य तथा लैंगिक हिसा सम्बन्धी अभिमुखिकरण

बाजुरा– जिल्ला प्रशासन कार्यालयको आयोजनामा जिल्ला विपत व्यवस्थापन समिति र सरोकारवालाहरुलाई यौन प्रजनन स्वास्थ्य तथा लैंगिक हिसा सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरेको छ । नेपाल रेडक्रस सोसाईटी र यूएनएफपीएको सहयोगमा विपतको समयमा हुने यौन प्रजनन स्वास्थ्य तथा लैंगिक हिंसाका घटनाहरुलाई न्यूनिकरण गर्न सरोकारवालाहरुको मुख्य भूमीका विषयमा छलफल गरिएको छ ।
विपतको समयमा खाने बस्ने भन्दा पनि सुत्केरी गर्भवती नावलक शिशु वालावालिका बृद्धबृद्धा अपाङ्गता भएको नागरिकहरुको विषयमा ध्यान दिएर राहातको ब्यवास्थ मिलाउनु पर्ने कार्यक्रममा सहभागिहरुको भनाई रहेको थियो ।
स्थानिय तहले आफ्नो पालिकामा सवै प्रकारको डाटा नराख्दा विपतको समय राहात र उद्धारमा समेत समस्या हुने गरेको सरोकालवालाहरुको भनाई रहेको थियो । सुत्केरी गर्भवती नावलक शिशु वालावालिका बृद्धबृद्धा अपाङ्गता भएका नागरिकहरुको एकीन तथ्याङ्क नहुदा राहात वितरणमा अन्योल हुने गरेको नेपाल रेडक्रस सोसाईटी बाजुराका सभापति मेखराज जैशीले बताए ।
गएको माघ र फागुन महिनामा गएको भुकम्पबाट प्रभाबित लक्षित बर्गका ८ सय लाई न्यानो लुगा सहितको सामग्री समेत सहयोग गरिएको जनाएको छ ।
अपी होटेलमा संचालन भएको अभिमुखीकरण कार्यक्रमको अध्यक्षता प्रमुख जिल्ला अधिकारी पुष्कर खड्का रहेका थिए । कार्यक्रममा बडिमालिका नगरपालिकाका नगर उपप्रमुख नन्दा थापा गौमुल गाउपालिकाका उपाध्यक्ष सिता थापाल अन्य पालिकाका प्रतिनिधि विभिन्न पार्टीका प्रमुख प्रतिनिधि सुरक्षा निकायको प्रमुख प्रतिनिधिको उपस्थिति रहेको थियो ।
कार्यक्रकको उद्देश्य तथा नेपाल रेडक्रस सोसाईटीले विपतको समयमा गरेको कामबारे नगेन्द्र अर्याल र युएनएफपीएले बाजुरा जिल्ला लगाएत अन्य क्षेत्रमा गरिरेकाम बारे युएनएफपीए बाजुरा संयोजक देवेन्द्र शाह जानकारी गराएका थिए भने संचालन नेपाल रेडक्रस सोसाइटी बाजुराका मन्त्री टंकप्रसाद न्यौपानेले गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार