बाजुरा– बुढिनन्दा नगरपालिकाको ओभरसियर मानबहादुर रोकायाले जन्नदिनको अवसरमा स्टेसनरी सहयोग गरेका छन् ।
जन्मदिनमा फजुल खर्च गर्नु भन्दा शैक्षिक क्षेत्र विकासको लागि विपन्न र असायलाई सहयोग गर्दा राम्रो हुने उद्देश्यले मालिका नमुना मावि ओभरसियर दोस्रो बर्षको पहिलो सेमेस्टारमा अध्यानरत शेर लुहारलाई स्टेसनरी माफत ३ हजार बरावर सहयोग गरेको हो ।
बुढिनन्दा नगरपालिका वडा नं १० घर भएर बुढिनन्दा नगरपालिकामा कार्यरत रोकायाले आफ्नो २८ औं जन्म दिनको अबसरमा सो रकम सहयोग गरेको बताएका छन् ।