गरिबकै योजना फेल लगातार भयो देशमा,
मुक्तिका नाराहरू ठग्ने आधार भयो देशमा।
गरिबमुक्ति नारा लगाए भयो शहीदको खेती,
उनै मन्त्री र गरिब मारा सरकार भयो देशमा।
थियो आस नयाँ जनवादी व्यबस्था ल्याउने,
धरापमै पर्यो बर्गशंघर्षमा दरार भयो देशमा।
मन्त्री बने उनै सुन तस्करभए मानव तस्कर,
देश परनर्भर छंदै छ नाङ्गे झार भयो देशमा।
बन्दुककै नालबाट क्रान्ती जन्मिन्छ भन्नेहरू,
टुक्रा /टुक्रा भए उल्टो व्यवहार भयो देशमा।
सम्झिन्छु पुराना दिन र आत्मत्याग आफ्नो,
हेर्दा क्रान्तिको तमासा दिक्दार भयो देशमा।