शुक्रबार, अशोज १८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकाका सवै वडामा सोलार बत्ती जडानपछि काम काजमा सहज

बडिमालिका नगरपालिकाका सवै वडामा सोलार बत्ती जडानपछि काम काजमा सहज

  • बुधबार, असार २७, २०८०
बडिमालिका नगरपालिकाका सवै वडामा सोलार बत्ती जडानपछि काम काजमा सहज

बाजुरा– बाजुराको बडीमालिका नगरपालिकाले नगरभित्रका ९ वटै वडामा सोलार बत्ती जडान गर्पछि कार्यालयका कामकाजमा सहज भएकाे छ । नेपाल विद्युत प्राधिकरणको राष्ट्रिय प्रसारण लाईन नियमित नहुँदा वडाका सेवाहरु प्रभावित बनेपछि नगरपालिकाले नगरका सवै वडामा बत्तिको विकल्पमा सोलार बत्ती जडान गरेको हो ।

राष्ट्रिय प्रशारण लाईन अन्तरगतको विद्युत सेवा नियमित नहुँदा नगरभित्रका वडामा विभिन्न काम गर्न समस्या हुँदै आएको थियो ।नगरपालिकाले नगरभित्रका सवै वडा कार्यालयका कामहरुलाई सहज बनाउन सोलार बत्ति जडान गरेपछि वडामा बत्ति नभएको समयमा समेत वडाका काम गर्न सजिलो भएको बडीमालिका नगरपालिका ८ का वडा सचिव गोरख बहादुर रावलले बताएका छन् ।

No description available.

नगरपालिकाले सुदूरपश्चिम प्रदेश सरकारसंगको साझेदारीमो नवप्रर्वतन साझेदारी कार्यक्रम अन्तरगत नगरभित्रका सवै वडामा सोलार प्यानल जडान गरेको  बडिमालिका नगरपालिका नगर प्रमुख अमर खड्काले बताए । अहिले बडीमालिका नगरपालिकाले नवप्रर्वतन कार्यक्रम मार्फत नगरपालिकालाई अनलाइन प्रणालीमा जोड्ने गरी काम अगाडी बढाई अगाडि बढेको नगरप्रमुख अमर खड्काले बताएका छन् । उनका अनुसार क्रमश सबै वडा कार्यालय र केही बिद्यालयलाई अनलाईन प्रबिधिमा जोडिने छ ।

No description available.
वडाको सम्पूर्ण कामकाज डिजिटल प्रबिधिमार्फत गर्ने योजना अनुसार नगरका ९ वटै वडामा सोलार बत्ती जडान गरिएको नगपालिकाका उप प्रमुख नन्दा कुमारी थापाले बताइन । उनका अनुसार अव विजुली नभएको बेलासमेत नगरका प्रत्येक वडामा विद्युतीय कामहरु नियमित गर्न सकिने बताएकी छन ।

No description available.
आगामी आर्थिक बर्ष देखी बडीमालिका नगरपालिकाले सबै वडा कार्यालय र मालिका माबि र सत्यबादी माध्यामिक बिद्यालयमा अनलाईन प्रबिधिमा जोड्ने कार्य भईरहेको नगर प्रबक्ता धर्मराज पाध्यायले बताए । नवप्रबद्धन साझेदारी कार्यक्रमले नगरपालिका र वडा कार्यालयबाट हुने सबै कामहरुलाई अनलाइन र डिजिटल बिधीबाट गर्ने उदेस्यले सो परियोजना संचालन गरिएको नगर प्रबक्ता पाध्यायले बताए ।

बिद्यालयहरुमा सिसि क्यामरा जडानका साथै मल्टिमिडिया प्रोजेक्टर सहयोग गरेको छ भने वडाहरुमा सोलार, कम्पुटर सर्भर सोलार ब्यकअप लगायतको प्रबिधी जडानको कार्य भइरहेको प्रमुख प्रशासकिय अधिकृत विकले बताए ।नगरपालिकाको कार्यालयमा नवप्रबद्धन कार्यक्रम परिचयात्क कार्यक्रम देखी बिभिन्न कार्यक्रमहरु सम्पन्न भइसकेको र केही कामहरु बाकी रहेको सूचना प्रबधि अधिकृत थापाले बताए । कार्यक्रम कार्यान्वयन र यसको उपयोग सम्बन्धी बिभिन्न छलफल गोष्ठीका कार्य सम्पन्न भइसकेका र अनलाइन प्रबिधिहरु समापनको चरणमा रहेको बडिमालिका नगरपालिकाले जनाएको छ कार्यक्रमको साझेदारमा नगरपालिका सबै वडा कार्यालय र २ ओटा बिद्यालयबाट नवप्रबद्धन कार्यक्रमको सुरुवात भएको नगरपालिकाले जनाएको छ ।
आगामी आर्थिक बर्ष देखी बडिमालिका नगरपालिकाले दर्ता चलानी, सिफारीस, सुचीदर्ता, योजना, राजस्व, ब्यबासय दर्ता लगायतका कार्यहरु अनलाईन प्रबिधीबाट गरिने नगर प्रबक्ता पाध्यायले बताए । त्यसै गरी बिपत ब्यबस्थापन, न्यायकि समिति, सामाजिक बिकास, एसएमएस लगायतका कार्यहरु अनलाईन प्रबिधिबाट नै गरिने सो परियोजनको उदेस्य रहेको र सोही बमोजिम कार्यहरु गरिने नगरपालिकाका सुचना प्रबिधी अधिकृत हेम थापाले बताएका छन ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको नवप्रबर्तन साझेदारी कोष कार्यक्रमसंगको साझेदारमा सो कार्यक्रमलाइ अगाडी बढाउन मालिका माबि, सत्बादी माध्यामिक बिध्यालय र सबै वडा कार्यालयहरुमा डिजिलाइजेशन गरिने बडिमालिका नगरपालिका सूचना प्रबधि अधिकृत थापाले बताए ।

No description available.

आगामी साउन महिनाबाट संचालन हुने गरी नवप्रर्वतन साझेदारी कार्यक्रमले नगरपालिका र वडा कार्यालयबाट हुने सबै कामहरुलाई अनलाइन र डिजिटल बिधीबाट गर्ने उद्देश्यले नवप्रर्वतन साझेदारी परियोजना पालिकामा कार्यान्वयन भईरहेको छ ।

बडीमालिका नगरपालिकाको ६० लाख र सुदुरपश्चिम प्रदेश मुख्यमन्त्री परिषद नवप्रवर्तन साझेदार कोषको १ करोड ४० लाखामा सो कार्यक्रम नगरपालिकाले २०७९ मंसिर महिनादेखि संचालन गरिरहेको छ । त्यसै गरी परियोजनाले नगरपालिकाको कार्यालय वडा कार्यालय र बिद्यालयहरुमा उपकरण तथा सप्टियर र आइसिटी साम्रगीहरु सहयोग गरि केही ठाउँमा जडान कार्य सम्पन्न भईसकेको र केही ठाउँमा जडान कार्य भईरहेको प्रमुख प्रशासकिय अधिकृत रंगमल बिकले बताए ।
नेपाल संघीयतामा प्रवेश गरेसँगै स्थानीय तहहरू घर-आँगनको सिंहदरबारमा रूपान्तरित भएका छन् । यिनले मूलतः स्थानीय सुशासन अभिवृद्धि गर्ने, स्थानीय सेवा प्रवाहलाई चुस्त र दुरुस्त तुल्याउने तथा स्थानीय आर्थिक विकासका क्षेत्रमा अतुलनीय भूमिका निर्वाह गर्नुपरेको छ । यिनै कुरालाई मध्यनजर राखी स्थानीय सरकारको डिजिटल अभिलेखिकरण तथा प्रतिवेदन परियोजना स्थानीय तहलाई आर्थिक विकास, सुशासन, सेवाप्रवाहमा प्रभावकारिता लगायतको विशेष क्षेत्रका लागि साझेदारी कोष (आइपीएफ) सहायक सिद्ध हुने बताएका छन । नवप्रवर्तन साझेदारी कोषको कार्यान्वयन सिस्टममा रहेको अन्यौलता अन्त्य गर्दै संघीयताको औचित्य पुष्टि गर्ने आधार समेत रहेको नगरपालिकाले जनाएको छ ।
नवप्रवर्तन साझेदारी कोषका माध्यमबाट प्रदेश तथा स्थानीय तहको सह-लगानीमा नविनतमा परियोजनाहरू सञ्चालन गर्ने निर्देशिकामा उल्लेख छ । ‘स्थानीय आर्थिक विकासको प्रवर्द्धनका निमित्त नवप्रर्वतनको अवधारणालाई संस्थागत गर्नुका साथै नवप्रवर्तनकारी योजना कार्यान्वयन गर्ने क्षमता विकास गर्न सहयोग पुग्ने परियोजनाको लक्ष्य रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार