
बाजुरा–दुर्गा भन्जन गुल्म थापाथली ब्यारेक बाजुराले एक बर्षमा करिब १५ सय बिरुवा रोपण गरेको छ । आर्थिक बर्ष ०७९/८० मा १५ सय बिरुवा रोपण गरिएको दुर्गा भन्जन गुल्मका सेनानी दिवाकर खड्काले बताएका छन । शुक्रवार पनि दुर्गाभन्जन गुल्म बाजुराले वृक्षारोपणको एक कार्यक्रमको आयोजना गरि टिमुर लगायतका बिभिन्न फलफुलका बिरुवा रोपेको गुल्मपती खड्काले बताएका छन् ।
उक्त वृक्षारोपण कार्यक्रममा एक सय बोट टिमुर, पचास वटा अम्बा रोपेको गुल्मपती खड्काले बताए । त्यस्तै पचास बोट किम्बु र पचास बोट रिठ्ठा गरि जम्मा ३ सय बिरुवा रोपेका छन ।
दुर्गा भन्जन गुल्मको आयोजनामा र वन डिभिजन कार्यालय बाजुराको सहयोगमा वृक्षारोपण कार्यक्रम गरिएको डिभिजन वन कार्यालय बाजुराका प्रमुख भोजराज पाठकले बताए ।
वृक्षारोपण कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पुस्कर खड्का, गुल्मका गुल्मपति दिवाकर खड्का, अन्य सुरक्षा निकायका प्रमुखहरु तथा एनसिसि क्याडेट र नेपाली सेनालगायत दुई सय जना बढिको सहभागीहरुले ब्यारेक परिसरमा वृक्षारोपण कार्य गरिएको गुल्मपति खड्काले बताएका छन ।
गुल्मको आयोजानामा र डिभिजन वन कार्यालय बाजुराको सहयोगमा वृक्षारोपण गरिएको गुल्मले जनाएको छ ।


