• होमपेज
  • समाज
  • ‘लम्पी स्किन’ को उपचार गर्न किसानको घरगोठमा पुग्दै वडाअध्यक्ष जैशी

‘लम्पी स्किन’ को उपचार गर्न किसानको घरगोठमा पुग्दै वडाअध्यक्ष जैशी

  • बिहिबार, असार २१, २०८०
‘लम्पी स्किन’ को उपचार गर्न किसानको घरगोठमा पुग्दै वडाअध्यक्ष जैशी
बाजुरा–बुढिगंगा नगरपालिका ६ का वडा अध्यक्ष हेमराज जैशी यतिबेला किसानहरुको घरगोठमामा पुगिरहेका छन् । पशुचौपायामा ‘लम्पी स्कीन भाइरल’ रोग फैलिएपछि निशुल्क उपचारका लागि बुढिगंगा नगरपालिका किसानको घरगोठमा पुगेर उपचार गरिरहेको बुढिगंगा नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष दल बहादुर साउदले वताएका छन् ।
जैशीले पशु विकास कार्यकर्ता अध्ययन गरेका हुन् । उनले जेटिए पढेको भएकाले आफै औषधि खरिद गरेर पशुको उपचारमा कुदिरहेका छन् । शुरुमा आफ्नो वडा बाट उपचार शुरु गरेको जैशी अहिले पालिका अन्य वडाहरुमा पुगेर पशुको उपचार गरिरहेका छन् ।
वडाको उपचारका लागि वडा बाट ५० हजार बराबरको औषधि खरिद गरेर उपचार गरेका थिए । अन्य वडामा भने उनले तालिम गोष्ठि तथा उनले पाउने सुबिधा बाफतको रकमकाे औषधि खरिद गरेर निशुल्क उपचार गरिहेका छन । जैशीले बुधवार मात्र वडा नम्बर १० मा किसानको घरगोठमा पुगेर पशुचौपायको उपचार गरेका छन् । उनले ८७ पशुचौपायको उपचार गरेका थिए । बुढिगंगा नगरपालिका वडा न ६  र १० करिब ६ सय पशुकाे उपचार र सल्लाह दिएकाे वडा अध्यक्ष जैशीले बताए ।
जैशीले भने आफ्नो वडा बाट शुरु गरेको थिए । पालिका अन्य वडाहरुमा पुगेर उपचार शुरु गरिरहेको वताएका छन् । नगरपालिकामा ८० प्रतिशत पशुचौपायमा ‘लम्पी स्कीन भाइरल’ रोग देखापरेको छ । संक्रमण भएका मध्ये ७ प्रतिशतको मृत्यु भइसकेको पालिकाले जनाएको छ ।
‘लम्पी स्कीन भाइरल’ यो रोग लाग्दा पशुका खुट्टाका जोर्नी फुल्ने, ज्वरो आउने, शरीरको छालामा फोका उठ्ने, –याल र सिँगान काँड्ने, गर्भीणी पशु तुहिने र दुहुनो गाईले दूध कम दिने समस्या देखा पर्ने गर्दछ । सङ्क्रमण बढेपछि पशुचौपाया मर्नेसमेत गर्दछन् ।
  रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाइ, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नुपर्ने हुन्छ । यो रोग झिङ्गा, लामखुट्टे र किर्नाले टोकेमा वा दानापानी, चरन क्षेत्र र पशुको आपसमा सङ्सर्गका माध्यमबाट फैलिने भएकाले सचेत रहन सबैमा अपिल गरिएको छ ।
लम्पी स्किन कस्तो रोग हो ?
गाई भैँसीलाई हुने एकदमै सङ्क्रामक रोग हो । लामखुट्टे, टोक्ने झिँगा र किर्नाजस्ता कीराको टोकाइबाट यो रोग सर्ने गर्छ । सङ्क्रमित गाईभैँसीको ओसारपसार, सामुदायिक चरणक्षेत्र दाना एवं पानी खाने साझा ठाउँ, प्राकृतिक वा कृत्रिम गर्भाधानबाट र पशु उपचार गर्ने क्रममा फरक गाईभैँसीमा एउटै सुईको प्रयोगबाट पनि यो रोग सर्छ ।
गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिन्छ । पशुचिकित्सका अनुसार सङ्क्रमित गाईभैँसीको दूध उत्पादनमा तीव्र गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने र कहिलेकाहीँ मृत्यु पनि हुन सक्ने वताएका छन् ।
“खासगरी ज्वरो नियन्त्रण गर्न सकिएन त्यस्तो अवस्थामा सङ्क्रमित गाईबस्तु मर्ने गर्छन् ।” यो रोग लागेका गाईभैँसीको छालामा एकदेखि पाँच सेन्टिमिटरको साह्रा र गोला गाँठा हुन्छन् । त्यस्तै सङ्क्रमित गाईभैँसीको थुतुनो, मुख र नाकमा घाउ देखिन्छ भने आँखा र नाकबाट अत्यधिक मात्रामा तरल पदार्थ निस्कन्छ ।
यसको उपचार के हो ?
यो रोगको प्रभावकारी उपचार छैन । त्यसैले रोग लाग्न नदिनु नै उत्तम उपाय भएको पशु चिकित्सकहरू बताउँछन् । “यो रोग लाग्न नदिन खोप लगाउँदै आइएको छ । तर रोग लाग्न नदिनका लागि भ्याक्सिनेशन हो । सङ्क्रमण भएको बेला खोप लगाउन हुँदैन,”  ।
भाइरसको प्रकृतिअनुसार १० देखि १५ दिनमा यो रोग निको हुन्छ । “एक पटक यो रोग लागेपछि एन्टिबडी बनेका कारण दोहो¥याएर गाईभैँसीलाई फेरि लाग्दैन,” एक स्वास्थ्यकर्मीले थपे ।

चर्चामा

सम्बन्धित समाचार