सामाजिक अमनचैन कायम राख्न राज्यले निर्माण गरेका ऐन नियम भन्दा धर्मग्रन्थहरु निकै लामो समय देखि प्रयोगमा आएका छन ।अझ यसमा पनि पाश्चाते दर्शन भन्दा हाम्रो पुर्विय दर्शन प्राचिन रहेको पढ्न र सुन्न पईन्छ । जति प्राचिन छ त्यति नै वास्तविकतालाई केलाउदा नविन प्रयोग गर्नु पर्ने पनि देखिन्छ।
आज भन्दा युगौ अघि त्रेता युगमा ऋषि बालमिकिले रामायणको रचना गरे।करिब १४०० ईसा पूर्वको वैदिक कालमा महाभारतको रचना ऋषि वेद व्यासले गरे र भगवान गणेशद्वारा लेखिएको हो भन्ने कुरा देख्न पाईन्छ।त्यस्तै ईसा पूर्व ५६३ मा भगवान गौतम बुद्धले त पाप र धर्मको कुरा भन्दा पनि मानिस आफैमा खुसि र सुखि हुन पनि सहि मार्गमा लाग्नु पर्ने कुरा अगाडी सारेका छन।
बुद्धका अनुसार भनिएको छ, सहि काम गर, सहि कुरा बोल, सहि सोच राख, सहि व्यवहार लागु गर, सहि कुरा खाने गर , जस्ता पञ्चशिलको उपदेश अगाडी सारेका छन। यतिले मानिसलाई पुगेन भनेर राज्यले संविधान निर्माण गरेर सुशासन प्रणालीको परिकल्पना गरेको छ। नेपालको सन्दर्भमा दुई पटकका अन्तरिम संविधान बाहेक २००४, २०१५, २०१९, २०४७ र २०७२ गरी ५ पटक कागजी रुपमा संविधान मात्रै लेखिए । प्राचिन समय देखि राज्य निर्माणको समय सम्म आईपुग्दा समाजिक सुशासन कायम राख्न अनेकौँ प्रयासहरु भए ।
सामाजिक थिति कायम राख्न कति ऐन नियम बने। तथापि विश्वपरिप्रेक्षमा हेर्ने हो भने नर्वे, नेदरल्याण्ड, डेनमार्क जस्ता मुलुकको तुलनामा हाम्रो मुलुक पटक्कै थिति बस्न नसकेको मुलुकमा पर्छ। जसको एक जल्वन्त उदाहरण हो, प्रेम प्रशाद आचार्यको आत्मदाह ।त्यस आत्मादाह भित्रको आत्मकथा (जल्नु अघि लेखेको स्टाटस) पढ्दा लाग्छ कि, यो मुलुकको बेथितिले यस्ता कथाहरु खोज्न थाले कति भेटिएलान कति, । अब यो परिस्थिती निर्माणका पछाडी मुलुकका हरेक संयन्त्रका शासकहरु जिम्मेवार रहेको कुरा प्रष्ट छ ।के यो स्थीति संग मुलुकका मन्त्रि, संसद, प्रशासक, जानकार छैनन र, किन नहुनु यिनिहरुले त मर्नु परेको छ आम सोझा नागरिकले ।
हो आज त्यो दिन हो , अस्ति आफै जलेका आचार्य आज जलाईन्छ।आचार्यको निधन पश्चातको खबरमा सबैले भावपूर्ण श्रदान्जली लेख्यौँ, बाल्यौँ। लाग्छ, सायद आत्मादाह भित्रको आत्मकथा (जल्नु अघि लेखेको स्टाटस) पढ्दा सबैको दिक्दारीले निकै उचाई लियो होला । उनको आत्मदाह उनि जस्तै तमाम नेपालीका लागि कति स्वाभाविक थियो या थिएन ? यसमा म पनि ठम्याउन सकिरहेको छैन ।
बरु सवालको विषय बनेको छ, यसबाट हामीले प्रण के गर्ने ? अथवा मैले के प्रण गर्ने ? म मात्रै हैन उनीहरुले के गरे होलान् ? जो यो र यस्ता तमाम घटनाका सर्जक हुन। लाग्यो कि, स्वर्गिय आचार्यप्रति समर्पित गलत नियतलाई कतिले श्रदान्जली दिए होलान। मुख्यत: निकै भावुकशैलीमा घटनालाई अभिव्यक्त गर्ने मन्त्रि र सांसद लागायतका राजनैतिक संयन्त्रका नेताहरुले पद्धति बाहिरका हरेक काममा सहयोग, निर्देशन र हस्ताक्षर नगर्ने आत्मप्रण गरे होलान की नाई ? अतिविशिष्ट शब्द चयनले घटना संप्रेषण गर्ने लागायतका पत्रकारहरुले बिना बार्गेनिङ सत्यतथ्य समचार लेख्ने प्रण गरे होलान की नाई ? यो घटना पढ्ने र देख्ने जति सबै प्रशासकहरुले पक्षपात रहित काम कार्वाही गर्नेछु भन्ने आत्मप्रण गरे होलान कि नाई ?
कमिसनको खेलोमेलोबाट रातारात जीवनशैली फेरिएका कमिसनखोर दलालहरुले मेहनत र परिश्रमबाट मात्रै हातमुख जोर्ने प्रण गरे होलान कि नाई ? श्रम र उपभोक्ता माथि चरम ठगी धन्दाबाट करोडौपति बनेका हरेक क्षेत्रका हर व्यवसायीले स्वस्थ र मर्यादित प्रतिफल लिने प्रण गरे होलान कि नाई ? उत्श्रृङखल प्रवृति र श्रृङगारिक स्टाईलले स्टार कहलिएका कालाकारिता क्षेत्रका मानिसहरुले सामाजिक सचेतानामूलक सन्देश प्रवाह गर्ने आत्मप्रण गरे होलान कि नाई ? भित्र भित्रै लुट धन्दा चलाईरहेका नागरिक समाजका अगुवा, मानव अधिकारकर्मी र सामाजिक अभियान्ता भनिनेहरुले निस्वार्थ सेवा दिने प्रण गरे होलान कि नाई ? समसामयिक विष्लेषकहरुले बास्तविकतामा आधारित बोल्ने प्रण गरे होलान कि नाई ?
यि र यस्तै, सके सित्तैमा नभए थोरै मेहनतमा धेरै कमाउने मानसिकताबाट ग्रसित आम नेपालीहरुले नीति र थितिमा रहेर काम गर्ने र गराउने आत्मप्रण गरे होलन कि नाई ? घटनाको खबर पश्चात यो लेख लेख्दा सम्म यति कुराले निकै भावुक बनाई रह्यो।
वास्तवमा स्वर्गिय आचार्यको आत्मदाह भित्रको आत्मकथाले मेरो मनमा चैँ एउटा आत्मप्रण उब्जायो।उल्लेखित सबै पक्षले पनि आत्मप्रण लिनै पर्छ कि, आज उपरान्त ‘म विधि, पद्धति, नीति र थितिमा रहि ईमान्दारिताले काम गर्नेछु’। मुलुमा यस्ता घटना नदोहोरिन सबै खाले बिथितिलाई निस्तेज पार्नै पर्छ।
जो जहाँ छौ, जे छौ, तत् तत् ठाऊँबाट आत्मप्रण गरौँ कि, नियतबस गलत नगरौँ, गलत नदाहोर्यौ र गलतमा साथ नदिऊ। तव मात्र मुलुकमा थप आत्मदाह रोक्न सकिन्छ। हामी सबैको लागाव मुलुक र नागरिक प्रति जिम्मेवारी प्रतिवद्ध हुनु पर्छ।