
आफैलाई बदल्न सकेन संसार बदल्छौं भन्छन्,
गफै गफका धागलगाई घरबार बदल्छौं भन्छन।
हिंजो बन्दुक बम बोके जस्ले त्यो के कमथियो,
जङ्गल पस्छौं र देश लगातार बदल्छौं भन्छन।
सबै आआफ्नै स्वार्थमा छन छैन देशको चिन्ता,
जनमत पाउंन क्षेत्रिय व्यवहार बदल्छौं भन्छन।
खान कमिसन गर्छन असमान सन्धि सम्झौता ,
आफैले नि यो देशको हकदार बदल्छौं भन्छन।
छैन कुनै विजन कसैसंग देश बिकासको लागी,
तर चिच्याएर आफैले सरकार बदल्छौं भन्छन।
सबैलाई राजगध्दी प्रारो लाग्छ सु:ख भोगिहरू,
आफै मुसोलिन बन्न लाई जार बदल्छौं भन्छन।
खेल्छन भबिश्य संग बिदेशीका गोठाला हरू,
देख्दैन आफ्नै आसपास बिद्रोही ज्वाला हरू।
राख्छन मातृत्व समेत दाउंमा र गर्छन ऐयासी,
च्यातौं निमुखाहो आफ्नै आंखाका जाला हरू।
देश अबिभावक बिहिनभयो जागौं जनता अब,
देशबिहिन हुंनथाले यि आफ्नै लालाबाला हरू।
नाता बाद कृपाबाद भयो सधैभरी राजनीतिमा,
राज उनैको छ कहिले भेना कहिले साला हरू।
छैन बिकास निजिकरणकै भरमार छ देशभित्र,
थिए देशभित्र केही उद्योग उनैमा छ ताला हरू।
छैन आफ्नो भन्नु बिदेशी भयो देशको मालिक,
गर्दैछ उत्खनन् र बगेकैछन उतै नदी नाला हरू।
शहिदकै रगत पनि बेकार हुनथाल्यो,
राजनीति मा सधै व्यापार हुनथाल्यो।
देशलाई बिदेशीको काख मा राख्दा,
सिक्किम बनाउंने आधार हुनथाल्यो।
संघियताले चिराचिरा पाय्रो देशलाई,
थेग्न नसक्दा नाङ्गेझार हुनथाल्यो।
नेतालाई कुर्चिको लोभ, देशको छैन,
जता हेर्छौं उस्तै भ्रष्टचार हुनथाल्यो।
न महिंला हिंशा रोकियो न छुवाछुत,
यो व्यवहारले याहां दरार हुनथाल्यो।
राजनीति राष्ट्रियता जनहितमा हुन्छ,
यहां पदकै लागी मारामार हुनथाल्यो।
सिमान मिचेपनि त केही बाल छैन,
त्यो आफैले हो कसैलाई गाल छैन।
देश के गर्ने बस्न पाए पुग्छ सत्तामा,
देशभक्ति कसैको मनमा ताल छैन।
यो देश भित्र खलपात्र बाक्लो भयो,
भन्छन आइएनजियोको जाल छैन।
गरिबलाई टेकाटेक छ काम खोज्जे,
मातृत्वभूमी जोगाउंने कुनै ढाल छैन।
नेपाली त मर्छन लडेर अर्कैको लागी,
अकालमा आफ्नै भन्नु त काल छैन।
सदियौं बगाए आफ्नै रगत र पसिना,
उन्कै टाउकामाथी आज तिर्पाल छैन।
