• होमपेज
  • विचार/ब्लग
  • निर्वाचनको मर्यादा र लोकतान्त्रिक पद्तिको ह्राँस

निर्वाचनको मर्यादा र लोकतान्त्रिक पद्तिको ह्राँस

निकम्मा प्रशासन र कमजोर सुशासन

  • मङ्लबार, मंसिर १३, २०७९
निर्वाचनको मर्यादा र लोकतान्त्रिक पद्तिको ह्राँस

देशभरमा निर्वाचनको रौनक छाइरहेको बेला बाजुरमा भने सोक, त्रास र बिबादको बीजारोपण भएको छ। मंसिर 4 को प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा जिल्लाको त्रिवेणी न पा 7 को मतदान केन्द्रमा बिबादले उग्र रूप लिएपछी प्रहरीको गोलीबाट काङ्ग्रेस कार्यकर्ता संजिब ऐडीको मृत्यु भयो ।लगतै काङ्ग्रेसका कार्यकर्ताले ऐमाले अनेरास्ववियु केन्द्रीय सदस्य चेतन ऐडीलाई निर्घात कुटपिट गरे, कुटपिट पछी उनलाई जोगाउन उनको घरमा लुकाएर राखेको अवस्थामा समेत घरबाट तानेर(क्रूर यातना)कुटिकुटी निर्वहम तरिकाबाट हत्या गरियो। घटना भएको आज 9 दिन बित्यो, तर पनि प्रशासनको लाचारीपनले हत्यारालाई कारबाहीको दायरामा ल्याउन सकिएको छैन ।
१)निर्वाचन र बाजुरा
गत स्थानीय निर्वाचनमा बुढीगंगा न पा का बिभिन्न मतदान केंद्रमा (बुथ कब्जा) बिबादको स्थिति उत्पन्न भए पछी निकै लामो रस्साकस्सी पछी निर्वाचन आयोगले पु:न मतदानको निर्णय गर्यो। त्यसबखत गल्ती दुबै पक्षबाट भएको हो तर गल्ती पछी पनि तैले भन्दा बढी गल्ती मैले गर्छु भनेर जनमतको अपमान र शक्तिको दुरुपयोग गर्नेलाई जनतताले पु: न मतदानका बेला जनमत मार्फत जवाफ दिए। मंसिर चारको निर्वाचन पनि बाजुरामा बिगतको गल्ती मात्र दोहोरिएन दुई जनाको अकालमा ज्यान गयो। सामाजिक सद्भाब खलबलियो बाजुराको निर्वाचन र मतगणना राष्ट्रिय चासो र चर्चाको विषय बन्यो।
२) निर्वाचन प्रणाली र लोकतन्त्र
निर्वाचन प्रणाली र लोकतन्त्र एक अर्कामा अन्तरसम्बन्धि बिषय हुन लोकतान्त्रिक पद्धतिको प्रबर्द्धन मार्फत मात्र स्वच्छ र निष्पक्ष निर्वाचनको परिकल्पना गर्न सकिन्छ भने स्वच्छ ,निष्पक्ष र भयरहीत निर्वाचनको अभ्यासबाट लोकतान्त्रिक पद्धतिको संस्थागत बिकास गर्न सकिन्छ। लोकतन्त्र सिद्धान्तमा होइन ब्यबहारमा देखिनुपर्छ। संबिधानका पानामा र नेताका बोलीमा झुन्डीएको लोकतन्त्र होइन जनताको दैनिकी, जिबनस्तर र ब्यबहारीक प्रयोगमा देखिनुपर्छ।
३)जनता र दल
जनता राज्यशक्तिका श्रोत हुन ,दल सरकार र शासन सञ्चालनका सम्मबाहक हुन । जनता सचेत चेतनसिल र असल नेतृत्व छान्न सक्नेहुनुपर्छ, दल लोकतान्त्रिक र नागरिक हित केन्द्रीत हुनुपर्छ, राष्ट्रिय विकासको लागी राजनितिक स्थिरता दिने र राष्ट्रिय एकता र सामाजिक सदभाबको जगेर्ना र प्रबर्द्धन गर्ने हुनुपर्छ।
४)शासन र सरकार
शासन समन्वयकारी, सम्झौतामुखी र लचकदार हुनुपर्छ। सरकार नियमनाकारी, जवादेही र उत्तरदायि हुनुपर्छ, आवश्यकता अनुसार कठोर र नरम हुनुपर्छ। सुशानयुक्त र सबल राष्ट्रिय सुरक्षायुक्त सरकार आजको अपरिहार्यता हो ।
५)निर्वाचन आयोग र सरकार
निर्वाचन आयोगले आफ्नो मूल्य मान्यताको अक्षरस पालना गर्नुपर्छ, संबैधानिक निकायको साख जोगाउनुपर्छ। कुनै सरकार, सत्ता दल र नेताको दबाब र आदेशको पालना होइन नियम, कानुन र निर्देशिकाको ब्यबहारीक प्रयोग गर्नुपर्छ।
सरकारले पनि कानुन मिच्ने, कानुनको अपब्याख्या गर्ने तथा शक्ति र अधिकारको दुरुपयोग गर्ने प्रयत्न गर्ने होइन कानुनको रक्षक र पालक बनेर ठुलालाई चैन सानालाई ऐन भन्ने परिपाटीको अन्त्य गर्नुपर्छ।
६)नेतृत्व
राजनीतिक नेतृत्व दुरदशी, गतिशील र प्रजातान्त्रिक हुनुपर्छ, ब्यक्तिगत र पारिवारिक स्वार्थबाट बाहिर बस्नुपर्छ, कार्यकर्ता र दलको मात्र होइन जनताको नेता बन्न सक्नुपर्छ। प्रशासनिक नेतृत्व तटस्थ, निष्पक्ष र ब्यवसायिक हुनुपर्छ, राष्ट्रिय हित, सार्वजनिक भलाई र जनपक्षिय निर्णयमा अडान राख्न सक्नुपर्छ।
७)निर्वाचनको मर्यादा
नागरिकले आवधिक निर्वाचन मार्फत आफ्नो प्रतिनिधि छान्ने अवसर प्राप्त गर्छन, जुन निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहीत बाताबरणमा सम्मपन्न गर्नु सरकारको दायित्व हो। निर्वाचन प्रणालीमा नागरिकले चाहेको उम्मेदवार र दललाई स्वतन्त्र र निर्धक्क रूपमा मतदान गर्न पाउनुपर्छ। बदलिँदो परिवेश अनुसार राइट टु रिजेक्टको ब्यवस्था समेत गरिनुपर्छ।
८)लोकतान्त्रिक पद्धतिको उपहास
बाजुरामा मंसिर 4 मा सम्पन्न निर्वाचनमा निर्वाचनको गरिमालाई कुल्चेर निरङ्कुश एवम सामन्ती सैलीमा शक्तिका आधारमा केही मतदान केन्द्रमा कब्जा गरी, नागरिक अधिकारको प्रत्यक्ष हनन गरियो। यो कार्यले नेतृत्व तहलाई लज्जा बोध हुनुपर्नेमा गर्वको महसुस गरीरहेका छन।
९)निकम्मा प्रशासन र कमजोर सुशासन
नागरिकको जिउ, ज्यान र धनको सुरक्षा राज्यको प्राथमिक दायित्व हो। निर्वाचनको बेला सम्भावित हिंसाको न्युनिकरण गर्न राज्य संयन्त्र चनाखो रहनुपर्छ।मतदान गर्न गएको नागरिक मतदान स्थलमा निर्घात कुटपिट हुन्छ, आफ्नो घर सुरक्षित ठानेर ज्यान जोगाउन घरमा लुकेर बस्दा समेत घरबाटै तानेर कुटीकुटी हत्या गरिन्छ तर राज्य मुखदर्सक बन्छ, जिल्ला सुरक्षा समिती प्रभावहिन बन्छ। त्यती मात्र हो र , घटना घटेको 9 दिन सम्म पनि अपराधीलाई कानूनको दायरामा ल्याईदैन।
यो कस्तो प्रशासन र सुरक्षा संयन्त्र हो?
१०) नैतिकता र ब्यवसायिकतामा ह्रास
जिल्लामा बसोवास गर्ने नागरिकको जिउ ज्यानको सुरक्षा र शान्ति शु ब्यवस्था कायम राख्नु प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखको प्राथमिक दायित्व हो। घटनाको पुर्ब र यथार्थ जानकारी भएर पनि घटना नरोक्नु, तत्काल उद्धार नगर्नु, घटनाको यथासिघ्र सत्यतथ्य छानबिन नगर्नु, अपराधीलाई कानूनको दायरामा ल्याउन नसक्नु र तटस्थ र निष्पक्ष भएर समस्याको उचित र सिघ्र समाधान दिन नसक्नुले कमजोर उत्तरदायित्व र सक्षमता झल्किन्छ।

उपसंहार
बाजुरामा यस पटकको निर्वाचनमा केही मतदान स्थलमा भएका हिंसात्मक घटना र बिबादको समिक्षा गरि बिबादित मतदान स्थलको पु: न मतदान गर्नुपर्छ।यसबारेमा दलका नेताको सहयोग र समन्वय मार्फत निर्वाचन आयोगले यथासिघ्र उचित निर्णय लिनुपर्छ। प्रहरीको गोलीबाट मूत्य भएका संजिब ऐडीको मृत्युबारे सरकारले उचित जवाफ र क्षतिपूर्ति दिनुपर्छ। चेतन ऐडीको हत्यारालाई यथासिघ्र कानूनको दायरामा ल्याई संलग्न सबैलाई जन्मकैदको सजाय दिनुपर्छ। पिडित परिवारलाई उचित राहत र क्षतिपूर्तिसहित न्यायको अनुभुती दिलाउनुपर्छ। सरकार नागरिकका बिचमा हिंसा फैलाउन र त्रास दिन होइन नागरिक सुरक्षाका लागि हो भन्ने ब्यबहारीक अनुभूति दिलाउन सक्नुपर्छ। जिल्ला सुरक्षा समितीले प्रभाबकारी सुरक्षा ब्यबस्था र पूर्वाग्रहरहित भावना तथा कानूनको पालना र प्रयोग मार्फत समस्याको उचित समाधान दिनुपर्छ। दलका नेताले समझदारी र सहकार्य पद्धतिलाई आत्मसात गरि मतगणना वा पु: न मतदानका लागी सिघ्र सहमती गर्नुपर्छ।

चर्चामा

सम्बन्धित समाचार