बाजुरा–प्रतिनिधि सभा र प्रदेस सभाकाे निर्वाचन २०७९ को लागि उम्मेदवारी दर्ता सँगै जिल्लामा आजवाट चुनावि सरगर्मि बढेकाे छ । अवकाे करिव ४०-४५ दिन फलानाेलाई जिताउ, आयाे …आयाे, अनेक विशेषण सहितकाे उम्मेदवारकाे महिमागान र नाराले सामाजिक संजाल अनि घरदैलाे तरङ्गित हुने नै छ । वहुदलीय ब्यवस्था पछिकाे मात्रै हिसाब गर्दा छ वटा निर्वाचन मार्फत आफ्नाे जनप्रतिनिधि छनाैट गरि सिंहदरवार सम्म पठायका बाजुरावासि यसपाली साताै पटक जनप्रतिनिधि चुन्ने आफ्नाे अधिकारकाे प्रयाेग गर्दैछन् । हरेक पटक गच्छे अनुसारकाे मतदान गरि गच्छे अनुसारकाे जनप्रतिनिधि चयन गरि आफ्ना दु:खका दिन केही कम गरि सुख र सुविधा थपिदिन अनुराेध गर्दै सिंहदरबार प्रवेष गराय पनि बाजुरावासीले बाजुराकाे बिकास, समृद्धि र यहाँकाे जिवनस्तर उकास्नका लागी खासै ठुलाे परिवर्तन भयकाे र त्यसका लागि प्रयाप्त काेसिस गरेकाे कुरा आज सम्म महशुस गर्न सकेका छैनन् ता कि जिल्लावासीले पनि गच्छे अनुसारकाे बजेट र विकास मात्रै प्राप्त गरे ।
राजनीतिक पहुँचका हिसावले राष्ट्रिय राजनीतिमा बाजुराकाे पहुँच पुगेकाे भनिय पनि विकास र वजेट विनियाेजनका सवालमा पहुँच नपुगेकाे हाे कि भन्ने कुरा वेलावखत सबै बाजुरावासीले व्यक्त गर्दै आईरहेकाे र व्यवाहारमा पनि स्पष्ट देखिदै र महशुस गर्दै आएकाे कुरा हाे । ओली सरकारकाे पालामा झापामा भ्यु टावर निमार्णमा अरवाैं खर्चिदा हाेस कि देउवा सरकारकाे पालामा डडेल्धुरामा मेडिकल कलेज स्थापनाका लागि कराेडाैं बजेट विनियाेजन हुँदा बाजुराले बिगत चार बर्ष देखि पहिराेका कारण अवरूद्व भईरहने सदरमुकाम जाेड्ने सडककाे एलाईन्टमेन्ट परिवर्तन गरि निर्माण कार्य अगाडि बढाउन मन्त्री परिषद्काे निर्णय र करिव ६/७ कराेड बजेट प्राप्त गर्न सकेन बाजुराले, जसका कारण चर्काे गाडीभाडा, महङ्गी, बिरामी लगायत अन्य सबै नागरिकलाई दु:ख र सास्ति भईरहेकाे छ । स्थल मार्गवाट मनाेनयन दर्ता गर्न आउने हाम्रा उम्मेदवार लाई समेत समस्या भयाे हाेला भन्ने हाम्राे अनुमान छ, याे त एउटा प्रतिनिमुलक उदाहरण मात्रै हाे, विकासमा पछि पारियका अन्य यस्ता दर्जनौं उदाहरण र दु:खका फेहरिस्त छन बाजुराबासीसँग ।
प्रदेश अर्थमन्त्रीकाे हैसियतकाे प्रकाश शाहकाे कार्यकाल (अपवाद) वाहेक बर्षाै देखि सिंहदरबार र प्रदेस सरकारकाे आँखामा नपरेकाे र पार्न नसकियकाे बाजुरा जिल्लालाई यसपटक निर्वाचित हुने जनप्रतिनिधिले सिंहदरवार र प्रदेस सरकारकाे आँखामा राम्रैसँग पर्ने गरि पहुँचका आधारमा नभई आवश्यकता र विकास सुचकाङ्कका आधारमा बजेट विनियाेजनका लागि एथेष्ट पहल गरि नतिजा निकाल्नका लागि महत्त्वपूर्ण भुमिका खेल्नुपर्ने वाध्यात्मक अवस्था छ। आगामी पाँच बर्ष विकासका हिसावले अत्यन्तै महत्त्वपूर्ण बर्ष हुनेछन् यसै अवसरकाे फेराे समातेर आगामी पाँच बर्षमा हाम्रा निर्वाचित जनप्रतिनिधिले केही महत्वपूर्ण कामहरू गर्न सक्नु भयाे भने तपाईंको कार्यकाल बाजुरावासीका लागि सधै सफल, सम्झना याेग्य र विकासको सन्दर्भमा एउटा काेसेढुङ्गा सावित हुने छ ।
आकाशकाे जुनलाई सुन बनायर तिम्राे आँगनमा झार्दिन्छु भन्ने चुनाबी आश्वसन हैन यथार्थमा समग्र जिल्लावासीकाे चुलाेमा आगाे वल्ने अनि मुखमा माड लगाउने साझा विकासका केही मुख्य साझा सवालहरू सहित सबै उम्मेदवारहरूलाई आगामी पाँच बर्षमा बाजुरावासीका लागि गर्नुपर्ने केही महत्त्वपूर्ण कामहरू सुझावकाे रूपमा पेश गर्दै बिजयकाे अग्रिम शुभकामना व्यक्त गर्दछु ।
१. बल्दे मार्तडी सडक खण्डकाे एलाईन्मेन्ट चेन्जकाे मन्त्रीपरिषदवाट निर्णय गर्न लगाई अमकाेट गाउँवाट हरडे खाेला सम्मकाे नयाँ सडककाे स्तराेन्नति सहित कालाेपत्रेका लागि एथेष्ट बजेट विनियाेजन गरि बाह्रै महिना सदरमुकाम सम्म यातायात सुचारू हुने अवस्थाकाे सुनिश्चितता गर्नुपर्ने ।
२. कर्णाली काेरीडाेर अन्तरगत जिते देखि कवाडी सम्मकाे सडक र मार्तडी-काेल्टी-पिलुचाैर सडककाे स्तराेन्नति सहित कालाेपत्रे गरि वाह्रै महिना यातायात सुचारू हुने अवस्थाकाे सुनिश्चितता गर्ने ।
३. नाै वटै पालीकाकाे केन्द्र सम्म पुग्ने सडककाे कालाेपत्रे सम्पन्न गर्ने र केन्द्र देखि सबै वडा केन्द्र सम्काे वाटाेकाे ट्याक खाेल्ने देखि स्ताेन्नति गरि वाह्रै महिना गाडी गुड्ने सडक निर्माणकाे काम सम्पन्न गर्नुपर्ने ।
४. कवाडी, कर्णाली, बुढीगंगा, मालागाड मध्ये कुनै एक वाट मात्रै भएपनि कम्तिमा २०/२५ मेघावाट भन्दा माथिकाे क्षमताको हाईड्राेपावर निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न लगाई यसै कार्यकालमा निर्माण कार्य अघि बढाउने गरि काम गर्नुपर्ने ।
५. डिप्लाेमा तह सम्मकाे प्राविधिक शिक्षा अध्ययनका लागि कम्तिमा एक सरकारी वहुप्राविधिक शिक्षालयकाे स्थापना गर्नुपर्ने । शुपकाे कैलाली, डाेटी,बझाङ, बैतडी र अछाममा स्थापना भईसकेकाे अवस्था छ ।
६. बडिमालीका र बुढीनन्दा क्षेत्रकाे पर्यटन प्रवर्द्धनका लागि गुरु याेजना निर्माण गरि एउटा निश्चित स्थानसम्म कालाेपत्रे सडक त्याे भन्दा माथि कम्तिमा एक मिटरकाे पदमार्ग निर्माणका साथै यात्राका क्रममा बास बस्ने निश्चित स्थानहरूमा ५००-१००० जना अट्ने स्टिमेट अनुसार नवीन प्रविधिमा आधारीत वास बस्ने घरहरू र शाैचालयकाे निर्माण गर्ने साथै दुबै स्थानलाई राष्ट्रिय निकुञ्ज वा संरक्षित क्षेत्रकाे रूपमा विकास गर्न पहल गर्ने । यसाे गर्दा बर्षकाे ८ महिना पर्यटकहरू नियमित आउने र त्यसकाे प्रत्यक्ष फाईदा र आयआर्जन बाजुरावासीकाे हुनेछ ।
७. उत्तरी बाजुरालाई मध्येनजर गरि काेल्टीमा ईलाका प्रशासन कार्यालय स्थापना गरि नागरिकता, राहदानि, नापि र मालपाेत समेतकाे काम त्यहिवाट हुने ब्यवस्था मिलाउनु पर्ने ।
८. बिद्युतकाे राष्ट्रिय प्रसारण लाईन र ईन्टरनेट सुविधा सबै पालिकाकाे केन्द्र सम्म बिस्तार गरि सबै वडाकाे केन्द्रमा पुर्याउन पहल गर्नुपर्ने ।
९. बन्दै गरेकाे जिल्ला अस्पतालकाे भवनकाे निर्माण कार्य यथासक्य छिटाे सम्पन्न गरि दरवन्दी अनुसारकाे डाक्टरकाे ब्यवस्थापन गरि गुणस्तरीय स्वास्थ्य सेवा तथा माईनर अप्रेसन सहितकाे सुविधा जिल्ला भित्र नै उपलव्ध हुने व्यवस्था मिलाउनु पर्ने ।
१०. नेपाल खाद्य तथा व्यापार कम्पनि मार्फत सबै डिपाेमा खाद्यान्न उपलव्धता वाह्रै महिना हुने गरि खाद्यकाे सुनिश्चितता गर्ने साथै रैथाने वाली सिमी, फापर, काेदाे, भटमास लगायतका वाली कम्पनि मार्फत खरिद गर्ने वा चामल सँग साँट्ने ब्यवस्था मिलाउने ।
११. आवश्यकता र सम्भाव्यताका आधारमा केही ठुला खानेपनि याेजना र सिंचाइ याेजना निर्माणकाे काम अगाडि बढाउनु पर्ने।
१२. अस्वस्थ राजनीतिलाई कम गर्दै युवा जनशक्ति र कार्यकर्तालाई राजनीतिमा भन्दा उत्पादनशिल क्षेत्रमा संलग्न गराउने गरि भेला, बैठक, तालिमकाे आयाेजना गरि स्वराेजगार वन्न र बनाउन प्रेरीत गर्दै उद्यमशिलतामुलक कार्यक्रम संचालन गरी उत्पादन बढाउने र राेजगारी सृजना गर्ने ।
१३. जागिर लगाई दिउला वा जागिरका लागि भनसुन गरिदिउला भन्ने आश्वसन कुनै पनि युवालाई नदिने प्रतिवद्वता सहित लाेक सेवा आयाेगकाे तयारीका लागि किताब किनिदिउला वा सकेकाे आर्थिक सहयाेग गरि तयारी कक्षाकाे शुल्क तिरीदिउला, बरू आयाेगका लागि तयार हुनुहाेस भन्ने किसिमकाे आश्वसन दिने ता कि पछिल्लाे युवा पुस्तामा प्रतिस्पर्धामा विश्वास गर्ने, आफ्नाे क्षमता र याेग्यतामा विश्वास गर्ने बानिकाे विकास हाेस जसले गर्दा केही बर्षमा नै राज्यकाे विभिन्न तहमा बाजुराकाे युवा जनशक्तिकाे प्रवेस हुनेछ , यसले ठुलाे सकारात्मक परिवर्तन ल्याउने छ समग्र जिल्लावासी र यहाँका युवाहरूका लागि ।
१४. बिकास हामी सबैकाे साझा कर्तव्य र जिम्मेवारी हाे त्यसैले जुनाव जिते पनि वा हारे पनि जिल्लाकाे साझा सवालमा आ आफ्नाे क्षमता र पहुँचले भ्याए सम्म सधै एकजुट भयर लागाैं, अब राजनीतिक एजेन्डामा भन्दा बिकासका एजेन्डामा छलफल र वहस गराैं किनकि बर्तमान नेपालकाे राजनीति रक्सि उहीँ वाेतल फरक जस्तै भईसक्याे र जनताले पनि बुझिसके । पैसाले याेजना माग्ने नभई याेजनाले पैसा माग्ने प्रवृत्तिकाे विकास गराैं ता कि व्यक्तिवादी, नाफामुखी र कमिसनमुखि याेजना वितरण गर्ने काम बन्द गराैं यस्ता प्रवृत्तिले समाजमा विकास हुनुकाे साँटाे विकृति मात्रै फैलायकाे देखिन्छ भने गाउँघरमा व्यापक असन्तुष्टि देखिन्छ।
१५. आगामी कार्यकाल अर्थात पाँच बर्षमा जिल्लालाई ७७ नं काे पुछारकाे जिल्लावाट कम्तिमा ७५ सम्म झार्ने प्रतिवद्वता सहित समग्र सबै क्षेत्रकाे विकास गरि, गरिबी घटाई, राेजगारीकाे सृजना गरि अघि बढ्ने याेजना सहित बाजुराकाे विकास र समृद्धिका लागि हातेमालाे गराैं । ता कि आठाैं पटक निर्वाचित हुने उम्मेदवारलाई यी वाहेकका वाँकि काम जिम्मा लगाउन सकाैं, बाजुराबासी हुनुकाे आफ्नै छुट्टै पहिचान स्थापित गरि बाजुराली भयकाेमा उचाे शिर गरि गर्व गर्न सकाैं ।
जय जनता, जय निर्वाचन, जय उम्मेदवार, जय बाजुरा
मीनप्रसाद जैशी
कृषि अधिकृत, कृषि ज्ञान केन्द्र बाजुरा
(लेखक बाजुराकाे बिकास र साझा सवालमा बाजुरावासीकाे हैसियतले आफ्नाे कलम चलाउनुहुन्छ)