• होमपेज
  • समाज
  • न्याय माग्ने मिटरब्याज पीडितमाथि लाठी चार्ज, ६० जना पक्राउ

न्याय माग्ने मिटरब्याज पीडितमाथि लाठी चार्ज, ६० जना पक्राउ

  • सोमवार, भदौ २७, २०७९
न्याय माग्ने मिटरब्याज पीडितमाथि लाठी चार्ज, ६० जना पक्राउ

काठमाडौं – न्याय खोज्दै काठमाडौं आएका मिटर ब्याज पीडितहरुको आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको छ ।
मिटर ब्याजका कारण समस्यामा परेको भन्दै न्याय माग्न काठमाडौं आएर प्रदर्शन गरिरहेको पीडितले कीर्तिपुरबाट प्रदर्शन सुरु गरेका थिए ।
उनीहरूले र्‍यालीसहित माइतघर मण्डलमा पुगेर प्रदर्शन गर्ने तयारी गरेका थिए । तर उनीहरुलाई कीर्तिपुरमा नै प्रहरीले हस्तक्षेप गरेको छ र प्रदर्शनमा सहभागीलाई लाठी हान्दै प्रहरीले पक्राउ गरेको छ ।
प्रदर्शनमा सहभागी ५०-६० जना सबैलाई प्रहरीले पक्रेको र त्यसक्रममा केही प्रदर्शनकारी घाइते समेत भएका छन् । प्रदर्शनमा सहभागी भएका कुलबहादुर थापाको टाउको फुटेको मिटर ब्याज पीडितहरुले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार