बाजुरा — स्वामिकार्तिक खापर गाउँपालिकामा कर्मचारी छनौटको बिषयमा बिबाद हुदाँ स्थानिय केही युवाहरुले तालाबन्दी गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेका छन । तालाबन्दि गरिएकाे केही समयमै प्रहरीकाे राेहबरमा ताला खुलाइएकाे प्रहरीले जनाएकाे छ ।
केही दिन अगाडी गाउँपालिकाले करारका कर्मचारी भर्नाका लागि आह्वन गरिएको र सोही बिषयलाई लिएर कर्मचारी छनौटमा बिभेद गरेको भन्दै स्थानिय हिमाल शाहीकाे नेतृत्वमा तालाबन्दी गरिएको जनाएकाे छ ।
गाउँपालिका अध्यक्ष लगायतले कर्मचारी छनौटमा बिभेद गरेको भन्दै स्थानिय हिमाल शाहीको नेतृत्वमा तालाबन्दी गरीएको बुझीएको छ ।