• होमपेज
  • अन्तर्राष्ट्रिय
  • पाकिस्तानमा डुंगा पल्टिदा ७ जनाको मृत्यु, १३ जना बेपत्ता

पाकिस्तानमा डुंगा पल्टिदा ७ जनाको मृत्यु, १३ जना बेपत्ता

  • मङ्लबार, भदौ १४, २०७९
पाकिस्तानमा डुंगा पल्टिदा ७ जनाको मृत्यु, १३ जना बेपत्ता

पाकिस्तानमा डुंगा पल्टिदा महिला र बालबालिकासहित ७ जनाको मृत्यु भएको छ । दक्षिणी सिन्ध प्रान्तमा भएको उक्त दुर्घटनामा अन्य १३ जना बेपत्ता भएका छन् ।

उक्त डुंगा सिन्धु नदी हुँदै प्रान्तको सेहवान सरिफ क्षेत्रमा पल्टिएको थियो । डुंगामा करिब दुई दर्जन यात्रु सवार रहेको प्राप्त विवरणहरूमा जनाइएको छ । उद्धारकर्ताहरूले ७ जनाको शव फेला पारेका थिए । नदीमा बेपत्ता भएकाहरुको खोजी भइरहेछ ।

यसैबीच, पाकिस्तानमा पछिल्लो समयमा आएको बाढीले लाखौँ मानिस विस्थापित भएका छन् । बाढीपछि सरकारले आपत्काल घोषणा गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार