टिकटकजस्तो चर्चित एपको मालिक कम्पनी बाइटडान्सले आफ्नै सर्च इन्जिन लञ्च गरेको छ । Bytedance (बाइटडान्स) ले यसमा कुनै विज्ञापन नदेखिने पनि बचन दिएको छ । बाइटडान्सको यो एप हाल त्यो साइबर स्पेसमा लञ्च भएको छ जहाँ गुगल वर्षौँदेखि उपस्थित छैन ।
कुनै जानकारी बिना नै बेइजिङ इन्फिनिट डाइमेन्सन टेक्नोलोजीले Wukong (वुकोङ) सर्च इन्जिन लञ्च गरेको हो । वुकोङ सर्च इन्जिन एपलाई कम्पनीले गोप्य रुपमा लञ्च गरेको हो ।
यसै महिना Tencent (टेसेन्ट) ले आफ्नो सर्च एप Sogou (सोगोउ) बन्द गरेको थियो जसलाई कम्पनीले अघिल्लो वर्ष खरिद गरेको थियो । वुकोङ सर्च इन्जिन एप हाल चीनमा एप्पल स्टोर र विभिन्न चिनियाँ एप स्टोर्सबाट डाउनलोड गर्न सकिन्छ ।
गुगलसँग प्रतिस्पर्धा होला ?
यो एप सार्वजनिक भएसँगै बाइडडान्सको सीधा प्रतिस्पर्धा Baidu (बाइडु) सँग हुनेछ । यसको चिनियाँ बजारमा दबदबा छ । नयाँ एपलाई कम्पनीले ‘विज्ञापन बिनाको र गुणस्तरीय सूचना’ को रुपमा प्रोमोट गरिरहेको छ । जहाँ बाइडु लामो समयदेखि सर्च रिजल्टमा पेड लिस्टिङको विषयमा विवाद रहेको छ ।
यस्तै बाइटडान्सले नन–पेड सर्च इन्जिनको दाउ चालेको छ । हुन त यो सर्च इन्जिनको गुगलसँग सिधा प्रतिस्पर्धा छैन किनभने यो जुन बजारमा सार्वजनिक भएको छ, त्यहाँ गुगल नै छैन ।
के कम्पनीले टिकटकमा जस्तै जादु चलाउन सक्ला ?
टिकटकको पनि यसरी नै सुरुवात भएको थियो र यो सर्ट भिडियो एपले एउटा क्रान्ति नै ल्याइदियो । टिकटकको चर्चा यस्तो भयो कि अन्य कम्पनीले पनि आफ्नो प्लेटफर्ममा यो सुविधा जोडेका छन् ।
युट्युबदेखि इन्स्टाग्राम र फेसबुकसम्म सबैमा अब सर्ट भिडियो देख्न पाइन्छ । यदि कम्पनीले आफ्नो सर्च इन्जिन एपलाई पनि यस्तै चर्चित बनाउन सक्यो भने यो गुगलका लागि एक चुनौती बन्न सक्छ । सर्च इन्जिनको बजारमा गुगलको एकतर्फी राज छ ।
माइक्रोसफ्ट बिंग र अन्य कम्पनीका प्रोडक्ट त छन् तर कसैले पनि गुगललाई टक्कर दिन सकेको छैन । चिनियाँ बजारमा गुगलको उपस्थिति छैन तर बइडुको एकछत्र राज छ । अब बाइटडान्सले वुकोङमार्फत् बाइडुलाई चुनौती दिएको छ ।