काठमाडौं — घरमा पालेको कुखराले पारेको अण्डा र आफ्नै खेतबारीमा उब्जाएको सागसब्जी भन्दा ताजा सायद अरु केही हुँदैन । अष्ट्रेलियामा करीब ४ लाख मानिसहरुले आफ्नो घरमै कुखुरा पाल्दछन् ।
नेपालमा पनि ग्रामीण क्षेत्रमा अधिकांश परिवारहरुले घरमा कुखुरा पाल्ने गरेको पाइन्छ । घरमै कुखुरा पालेका मानिसहरुले ताजा अण्डा खान पाउँछन् । तर, वैज्ञानिकहरुका अनुसार अण्डाको हकमा केवल ताजा हुनु मात्रै पर्याप्त हुँदैन ।
हलै गरिएको एक अध्ययन अनुसार घरमा पालिएको कुखुराको अण्डामा व्यवसायिक रुपबाट उत्पादित अण्डाको तुलनामा औषतमा ४० गुणा धेरै सिसा अर्थात् लिड तत्व हुन्छ ।
शेधकर्ताहरुले घरमा पालेको कुखुरा र उसको अण्डाको जाँच गर्दा आधाजसो कुखुरा र आधाजसो अण्डामा सिसाको स्तर उच्च पाए, जुन उपभोक्ता स्वास्थ्यको दृष्टिले हानिकारक हुन्छ ।
स्मरण रहोस् सिसाको मात्रा निकै कम हुँदापनि मानव स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यसबाट मुटुरोग, सुस्त मानसिक अवस्था तथा मृगौलाको रोग लाग्न सक्दछ । विश्व स्वास्थ्य संगठनका अनुसार सिसाको मात्रा कति स्तरसम्म सुरक्षित हुन्छ भन्ने बारेमा कुनै मापदण्ड छैन ।
माटोबाट कुखुरामा पुग्छ सिसा
घरको आँगन, करेसाबारी वा बगैँचाको माटोमा भएको सिसाको मात्राले घरमा पालेको कुखुरा र त्यसको अण्डामा सिसाको मात्रा कति हुन्छ भन्ने निर्धारण गरेको हुन्छ ।
शोधकर्ताहरुका अनुसार माटोमा सिसा भएमा त्यसको अधिकांस हिस्सा कुखुरामा पुग्दछ किनकी कुखुराले भुइँमा खोस्रिएर आफ्नो चारो खोजेर खान्छ ।
शोधकर्ताहरुले सिड्नीका ५५ घरको बगैँचाको माटोको परीक्षण गरे । त्यसबाट उनीहरुले घरमा पालिने कुखुरा र त्यसका अण्डामा सिसाको संक्रमण पत्ता लाग्यो ।
सिसा संक्रमणका बाँकी श्रोत पनि पत्ता लगाइयो, जस्तै जनावरको पिउने पानी तथा कुखुराको भोजन । त्यसपछि ख्भनभक्बाभ कार्यक्रमका माध्यमबाट अष्ट्रेलियाका घरमा २५ हजार भन्दा धेरै बगैँचाको माटोको नमूनाको अध्ययन गरियो जसमा सिसा नै सबैभन्दा धेरै चिन्ताको विषय बनेको थियो ।
कति हो जनावरमा सिसाको न्यूनतम स्तर ?
कुखुरा तथा अन्य पक्षीहरुका लागि रगतमा सिसाको स्तरका लागि कुनै मापदण्ड छैन । पशुजाँच तथा मूल्यांकनका साथै शोधबाट के पत्ता लागेको छ भने रगतमा २० माइक्रोग्राम प्रति डेसिलिटर तथा त्यसभन्दा धेरै सिसाको स्तर स्वास्थ्यका लागि हानिकारक हुन्छ । घरमा पालिएका ६९ वटा कुखुराको जाँच गर्दा ४५ प्रतिशत कुखुराको रगतमा सिसाको स्तर २० माइक्रोग्राम प्रति डेसिलिटर भन्दा धेरै पाइयो ।
ती कुखुराले पारेका अण्डाको पनि जाँच गरियो । अष्ट्रेलिया तथा विश्वमा कतैपनि अण्डामा धातुको स्तरका लागि कुनै मापदण्ड छैन ।
यस अध्ययनका क्रममा घरमा पालिएका कुखुराले पारेका अण्डामा सिसाको औषत स्तर ३०१ माइक्रोग्राम प्रतिकिलो थियो । जबकी बजारबाट खरिद गरिएका ९ वटा अण्डामा सिसाको स्तर ७.२ माइक्रोग्राम प्रतिकिलो थियो । एजेन्सीको सहयोगमा