• होमपेज
  • देश
  • अनमोल केसी स्टारर ‘छड्के २’को छायांकन सुरु

अनमोल केसी स्टारर ‘छड्के २’को छायांकन सुरु

  • शनिबार, भदौ ४, २०७९
अनमोल केसी स्टारर ‘छड्के २’को छायांकन सुरु

काठमाडौं —  अनमोल केसी स्टारर फिल्म ‘छड्के २’को चितवनमा शुभमुहूर्त गरिएको छ । शुक्रबार कृष्ण जन्माष्टमीको अवसर पारेर मुहूर्त गरेसँगै फिल्मको छायांकन पनि सुरु भएको छ ।

निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बन्ने फिल्ममा अनमोलसँगै रविन तामाङ र कमलमणि नेपालको मुख्य भूमिका रहनेछ । अन्य कलाकार भने निर्माण पक्षले सार्वजनिक गरेको छैन ।

काभ्रे फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्ममा मेधा फिल्म्स र निर्वाण फिल्म स्कुलले सहकार्य गरेका छन् । प्रशान्त गिरी र लक्ष्मण काफ्ले फिल्मका निर्माता हुन् ।

‘छड्के २’को चितवन र मुस्ताङमा छायांकन गरिने निर्देशक श्रेष्ठले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार