• होमपेज
  • समाचार
  • वासिङ मेसिनभित्र बालक मृत फेला

वासिङ मेसिनभित्र बालक मृत फेला

  • मङ्लबार, साउन १७, २०७९
वासिङ मेसिनभित्र बालक मृत फेला

एजेन्सी — संयुक्त राज्य अमेरिकामा एक सात वर्षीय बालक वासिङ मेसिनभित्र मृत फेला परेका छन्। बिहीबार बेपत्ता भएको जानकारी दिएको केही घण्टापछि उनी मृत फेला परेका हुन्।

फक्स न्यूजका अनुसार, टेक्सासका ट्रोय खोएलरको रूपमा चिनिने केटालाई पहिलो पटक स्थानीय समयअनुसार बिहीबार बिहान साढे बजार हराएका थिए। उक्त समयमा उनका बुबा घरमा थिए भने आमा अस्पतालको रात्रि सिफ्टबाट फर्किएकी थिइन्। पुलिस आइपुग्दासम्म उनी आफ्नो अस्पतालकै पोसाकमा थिइन्।

प्रहरीका अनुसार ट्रोयलाई २०१९ मा एडोप्ट गरिएको थियो। उक्त घटनाका दोषीलाई अहिलेसम्म पक्राउ गरिएको छैन। ग्यारेजमा राखिएको मेसिनमा सात वर्षीय बालक फेला परेको थिए। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ।

चर्चामा

सम्बन्धित समाचार