• होमपेज
  • देश
  • मिरुनाले लण्डनको ब्रनेल विश्वविद्यालयबाट जितिन् स्वर्णपदक

मिरुनाले लण्डनको ब्रनेल विश्वविद्यालयबाट जितिन् स्वर्णपदक

  • बिहिबार, साउन ५, २०७९
मिरुनाले लण्डनको ब्रनेल विश्वविद्यालयबाट जितिन् स्वर्णपदक

काठमाडौं — अभिनेत्री मिरुना मगरको लागि यो वर्ष तीतोमीठो रह्यो । यही साल उनी अभिनित फिल्म ‘कबड्डी ४’ ब्लकबस्टर बन्यो । यही साल फुर्वा लामा प्रकरणमा उनी विवादित भइन् ।

उनको जीवनमा बुधबार नयाँ खुसी थपिएको छ । उनी लण्डनको ब्रनेल विश्वविद्यालयबाट स्नातकोत्तर उत्तीर्ण मात्र भएकी छैनन्, ब्रनेल गोल्ड अवार्ड पनि जितेकी छन् ।

बालबालिका, युवा र अन्तर्राष्ट्रिय विकास विषयमा उनले विश्वविद्यालयबाट स्नातकोत्तर डिग्री हासिल गरेकी हुन् । यसबारे सामाजिक सञ्जालबाट खुसी साट्दै उनले उतारचढावसहित आफूले यो उपलब्धि हासिल गरेको उल्लेख गरेकी छन् ।

उनी लेख्छिन्, ‘अनगिन्ती बाधा र अड्चनको बाबजुद मास्टर्स डिग्री उत्तीर्ण गर्न पाउँदा र यसबीचमा फिल्मको छायांकन पनि सम्पन्न गर्न सकेकोमा म आफूलाई गौरवान्तित महसुस गर्छु । कैयौं निद्रारहित रातहरु, लकडाउनका शून्यताहरु र भित्रैदेखि मन भाँचिएका कैयौं क्षणको नतिजाको रुपमा यो उपलब्धि हासिल भएको छ । यो सहयोग र समर्थनको लागि मेरो परिवार र साथीहरुलाई धन्यवाद नदिइरहन सक्दिनँ । मेरो जीवनमा उनीहरुलाई पाएकोमा कृतज्ञ छु ।’

मिरुना अभिनित ‘कबड्डी ४’ अहिले पनि हलमा चलिरहेको छ भने उनी अभिनित फिल्म ‘जारी’ प्रदर्शनको तयारीमा छ ।

चर्चामा

सम्बन्धित समाचार