• होमपेज
  • समाचार
  • जिप दुर्घटना हुँदा ६ जना घाइते

जिप दुर्घटना हुँदा ६ जना घाइते

  • मङ्लबार, असार २८, २०७९
जिप दुर्घटना हुँदा ६ जना घाइते

गुल्मी —  गुल्मीमा जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। सोमबार साँझ सदरमुकाम तम्घासबाट इस्मातर्फ जाँदै गरेको ग १ ज ५८८१ नम्बरको जिप रेसुङ्गा नगरपालिका–४ को मसिना पोखरीमा सडकमै पल्टिँदा ६ जना घाइते भएका हुन्।

घाइते हुनेहरुमा इस्मा गाउँपालिका–४ का लंकबहादुर दर्लामी, रुद्रबहादुर दर्लामी, नर्मती घिमिरे, ज्ञानबहादुर बस्नेत, हरिबहादुर दर्लामी, केशवबहादुर पल्ली रहेका प्रहरीले बताएको छ। घाइते सबैको अवस्था सामान्य रहेको बताइएको छ। ब्रेक फेल भएर जिप दुर्घटना भएको हुनसक्ने प्रहरीको अनुमान छ।

चर्चामा

सम्बन्धित समाचार