• होमपेज
  • समाचार
  • टर्कीमा महँगीको २४ वर्षको रेकर्ड तोडियो

टर्कीमा महँगीको २४ वर्षको रेकर्ड तोडियो

  • मङ्लबार, असार २१, २०७९
टर्कीमा महँगीको २४ वर्षको रेकर्ड तोडियो

एजेन्सी — टर्कीमा महँगीको २४ वर्षको रेकर्ड तोडिएको छ। टर्की सरकारको एजेन्सी टर्किस स्ट्याटिस्टिकल इन्स्टिच्युटको तथ्याङ्क अनुसार टर्कीको मुद्रास्फीति जुनमा ७८.६२ प्रतिशत पुगेको छ जुन पछिल्लो २४ वर्षयताकै उच्च मुद्रास्फीति दर हो।

एजेन्सीका अनुसार मासिक मुद्रास्फीतिमा सबैभन्दा कम ०.८ प्रतिशतले वृद्धि भएको छ भने सबैभन्दा बढी घरायसी वस्तुमा १६.५१ प्रतिशतले वृद्धि भएको छ। रोयटर्सको सर्वेक्षणअनुसार जुनमा मुद्रास्फीति ७८ प्रतिशतभन्दा बढी हुने अपेक्षा गरिएको थियो। यो वर्षको अन्त्यसम्ममा मुद्रास्फीति ७० प्रतिशतभन्दा अलि कम हुने सम्भावना छ। जुनमा मुद्रास्फीति सन् १९९८ यताकै उच्च हो। त्यसतिबेला मुद्रास्फीति ८०.४ प्रतिशत पुगेको थियो।

अर्थमन्त्री नुरेद्दीन नेबतीले ट्विटरमा मेमा मुद्रास्फीतिको तथ्याङ्क सार्वजनिक गर्दै अहिले मुद्रास्फीति घट्न थालेको बताएका छन्। मेमा यो दर ७३.५ प्रतिशत थियो। ब्लूमबर्ग एचटीका अनुसार, टर्की विश्वको सबैभन्दा बढी मुद्रास्फीति दर भएका २० ठूला देशहरू मध्ये एक हो। ५१.२७ प्रतिशतको मुद्रास्फीति दरका साथ टर्कीपछि अर्जेन्टिना दोस्रो स्थानमा छ।

चर्चामा

सम्बन्धित समाचार