• होमपेज
  • समाचार
  • चट्याङ्ग लागेर प्युठानमा दुई जनाको मृत्यु, नौ घाइते

चट्याङ्ग लागेर प्युठानमा दुई जनाको मृत्यु, नौ घाइते

  • मङ्लबार, असार २१, २०७९
चट्याङ्ग लागेर प्युठानमा दुई जनाको मृत्यु, नौ घाइते

गएराती दाङमा चट्याङ्ग लागेर दुई जना बालकको मृत्यु भएको छ । सोही घटनामा नौ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ऐरावती गाउँपालिका-६ बिजुलीकोटका १२ वर्षीय पुरन परियार र ७ वर्षीय बालक रोमन परियार रहेको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ ।

त्यस वडामा पाँच जना घाइते भएको डीएसपी सत्यनारायण थापाले बताए । उनका अनुसार सोही पालिकाको वडा नम्बर-१ दाङ्बाङ्गमा चार जना घाइते भएका छन् । उनीहरुलाई अस्पताल ल्याइँदै गरेको डीएसपी थापाले जानकारी दिए ।

चर्चामा

सम्बन्धित समाचार