शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • मनोरञ्जन
  • नयनताराले गरिन् प्रेमी विग्नेशसँग बिहे

नयनताराले गरिन् प्रेमी विग्नेशसँग बिहे

  • बिहिबार, जेष्ठ २६, २०७९
नयनताराले गरिन् प्रेमी विग्नेशसँग बिहे

काठमाडौं — दक्षिण भारतीय अभिनेत्री नयनतारा विवाह बन्धनमा बाँधिएकी छन् । उनले प्रेमी तथा निर्देशक विग्नेश शिवनसँग विवाह गरेकी हुन् ।

उनीहरुको विवाह तमिलनाडुको महाबलिपुरमस्थित एक लग्जरी होटलमा भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । विवाहमा बलिउड अभिनेता शाहरुख खान र बोनी कपुरका साथै साउथ सुपरस्टार रजनीकान्त, विजय सेतुपति, थलापति विजय लगायत सेलिब्रिटी उपस्थित थिए ।

विवाहको तस्वीर सामाजिक सञ्जालमा सेयर गरेपछि उनीहरुलाई प्रशंसक तथा शुभचिन्तकहरुले बधाई दिइरहेका छन् । दुलही पहिरनमा नयनतारा निकै खुलेकी छन् ।

नयनतारा र विग्नेश सात वर्षदेखि प्रेम सम्बन्धमा थिए । फिल्म ‘नानुन राउडीधन’को छायांकनका बेला यी दुई नजिक भएका थिए । विग्नेश उक्त फिल्मको निर्देशक थिए ।

नयनतारा बलिउड अभिनेता शाहरुख खानको नयाँ फिल्म ‘जवान’मा काम गर्दैछिन् । यो फिल्मका अर्को वर्षको जुन २ मा रिलिज हुँदैछ ।

चर्चामा

सम्बन्धित समाचार