शुक्रबार, असार १९, २०८३
  • होमपेज
  • समाचार
  • चट्याङ लागेर एक जनाको मृत्यु

चट्याङ लागेर एक जनाको मृत्यु

  • सोमवार, जेष्ठ २३, २०७९
सेयर गर्नुहोस् :
चट्याङ लागेर एक जनाको मृत्यु

काठमाडौं — नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको मध्यविन्दु–६ भण्डाराका ६० वर्षीय डिल्लीराम थारूको आइतबार साँझ चट्याङ लागेर मृत्यु भएको प्रहरीले बताएको हो।

काम गरेर घर फर्किँदै गर्दा थारूलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोष पाठकले बताए। चट्याङबाट थारूको टाउको र छातीमा गम्भीर चोट लागेको थियो। उनको मध्यविन्दु जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रवक्ता पाठकले बताए।

चर्चामा

सम्बन्धित समाचार