शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • समाचार
  • एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु

एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु

  • बिहिबार, जेष्ठ १२, २०७९
एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु

सिन्धुपाल्चोक — लामोसाँघु-जिरी सडकखण्डको दुईकिलोमा एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

बुधबार राति खाडीचौर बचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित बा२०च ६३२७ नंको एम्बुलेन्स दुर्घटनामा परेको हो । दुर्घटनामा सुनकोसी-७ की ८९ वर्षीया मनमाया खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

एम्बुलेन्स दुर्घटनामा परी सडक छेउको घरमा पसेपछि खड्काको मृत्यु भएको हो । एम्बुलेन्स सडकमा अनियन्त्रित भई दुर्घटना भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

चर्चामा

सम्बन्धित समाचार