शुक्रबार, अशोज ११, २०८१
  • होमपेज
  • देश
  • नेपाललाई विदेशी फिल्म छायांकन गन्तव्यका रुपमा विकास गरिने

नेपाललाई विदेशी फिल्म छायांकन गन्तव्यका रुपमा विकास गरिने

  • बुधबार, जेष्ठ ११, २०७९
नेपाललाई विदेशी फिल्म छायांकन गन्तव्यका रुपमा विकास गरिने

काठमाडौं — सरकारले नेपाललाई विदेशी फिल्म छायांकनकको आकर्षक गन्तव्यको रुपमा विकास गर्ने नीति लिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार आगामी आर्थिक वर्ष २०७९/८० का लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मुलुकलाई छायांकन गन्तव्यको रुपमा विकास गर्ने उल्लेख गरिन् ।

फिल्ममार्फत अन्तर्राष्ट्रियस्तरमा नेपालको कला, संस्कृति र भौगोलिक विविधता तथा सुन्दरताको प्रचारप्रसार गर्ने योजना पनि उनले सुनाइन् ।

राष्ट्रपति भण्डारीले संघीय संसद्को दुवै सदनको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।

चर्चामा

सम्बन्धित समाचार