• होमपेज
  • देश
  • मिस नेपालका अन्तिम २८ प्रतिस्पर्धी छानिए

मिस नेपालका अन्तिम २८ प्रतिस्पर्धी छानिए

  • शुक्रबार, जेष्ठ ६, २०७९
मिस नेपालका अन्तिम २८ प्रतिस्पर्धी छानिए

काठमाडौं — मिस नेपाल २०२२ का अन्तिम २८ जना प्रतिस्पर्धी छानिएका छन् । अडिसन दिएका १९६ जनामध्ये योग्यता पुगेका प्रतिस्पर्धी छनौट गरिएको द हिडन ट्रेजरले जनाएको छ ।

हिडन ट्रेजरका निर्देशक प्रमोद कंशाकारका अनुसार २८ जनाबाट पनि अन्तिम २४ जना प्रतिस्पर्धी तय हुने छन् । छनौट भएका सबैको नाम आगामी साता सार्वजनिक गर्ने तयारी भएको छ ।

अन्तिम २८ जना प्रतिस्पर्धीमध्ये मिस सुदुरपश्चिमलाई सीधै प्रवेश दिलाइएको हो । यसपटक इतिहासमै पहिलोपटक झन्डै ८०० जनाले मिस नेपालमा आवेदन दिएका थिए । मापदण्डमा लचिलो नियम ल्याइएपनि आवेदन बढेका हुन् ।

कर्णाली प्रदेशको सुर्खेतमा पहिलोपटक अडिसन गरिएको थियो । यसपटक सातै प्रदेशमा अडिसन गरिएको थियो ।

आवेदन दिएकामध्ये १९६ जनालाई मात्र अडिसनको मौका दिइएको हो । एउटै नाम दोहोरिएका, एकैजनाले धेरैपटक आवेदन दिएका र कागजपत्र पूर्णता नभएका आवेदकलाई अडिसनमा भाग लिन दिइएन । छानिएकालाई आगामी साता अभिमुखीकरण तालिम समेत दिइने भएको छ ।

असार ४ गते मिस नेपालको ग्रान्ड फिनाली हुँदैछ ।

चर्चामा

सम्बन्धित समाचार