सुरेशकुमार पान्डे — विस्वका महान दार्शनिक कार्ल मार्क्सले आलोचना गर्नेलाइ डाक्टर र आलोचित ब्याक्ति रोगी बताएकाछन।मानिसले आलोचना किन गर्नुपर्छ भने आर्काको रोगलाई निको पार्नका लागी।
आलोचना के हो?
भौतिकवादीहरूले आलोचनालाई सकारत्मक रूपमा लिन्छ र त्यो गर्नै पर्ने बताउँछन मानिस बाट कामको द्वौरानमा हुँने गलती जसलाई आफै देखिन्न भने अरूले देखेपछि उस्को आलोचना गर्छ भने त्यसबाट ओलाचित ब्याक्तिलाईनै फाइदा हुन्छ।सके सम्म आफु बाट भएको गलतिलाई आफैले महेशुर्ष गर्ने यदि आफुलाई लाग्छ आफुले भुल गरिएकोछ भने आफैले आत्मलोचना गरेर भविस्यमा पुनःत्यो गलति नगर्ने प्रयात्न गर्ने।त्यो सबैभन्दा उच्चतम बिधिहो।
तर कयौं समयमा हामि बाट कामको द्वौरानमा गलती हुनेगर्छ त्यसबारे हामि अनभिग्यछौं त्यो गलती हामि सँग संगै काम गर्ने सहपाठी साथि मित्र वा छिमेकीले देखेको हुनसक्छ।
त्यही भयर दार्शनिकहरूले भन्छन बिरोधीहरू लाई आफ्नो छिमिकमा ठाउँ दिनुपर्छ ताकी उसले आफुबाट हुंने गलतिलाई पटक पटक सचेत गर्छ।
तर आलोचना मित्रले गर्ने र दुष्टले गर्नेमा पनि फरक हुन्छ मित्रले सुधार्ने हिसाबले मैत्रिपुर्ण गर्न दुष्टले नग्याउँने हिसाबले गर्छ।त्यसैले मित्र भन्दा दुश्मन देखी सजग भयर गलति हुनै नदिने प्रयात्न गरिन्छ।
आलोचना सम्बन्धी दार्शनिकका आ आफ्नै तरिकाले ब्याख्य गरिएकोछ।कसैले कपडामा भयको मयल भन्दै पटक पटक लुगा धुने जस्तै हो भन्छन,कसैले आगनमा आएको फोहोर दिनौ बढार्नु जस्तै हो भन्छन कसैले यो सरिरमा लागेको रोग जस्तै हो भनेर यसलाई पटक पटक केर जांच गर्ने र निको पार्ने पनि भन्छन।जुन सुकै उधारण दिएपनि यो आफ्नो कामको द्वौरानमा हामी बाट हुने एउटा गलती प्राम्भमा साधारण देखिएपनि यो बिस्तारै सरिरमा लागेको केंसर जस्तै हुन्छ समयमा निको पारिएन भने यो ला इलाज रोग बन्न जान्छ।
एउटा गलतिलाई आत्मो आलोचना गरेर निको पार्न सजिलो हुन्छ तर त्यही गलतीलाई लुकाउँन थालियो भने त्यो गम्भिर बन्दै जान्छ एउटा गलती लुकाउँन कयौं गलती गरेपनि त्यो गलती लुक्दैन किनकी त्यो आफु भित्र भयको रोगहो र त्यसको भित्र भित्रै बिकास हुँदै गएको हुन्छ।
अरूलाई सिकाउँने ब्याक्ति भित्र पनि रोग हुन्छ रोग नभयको मानिस धेरै कमछन सरिरछ र रोग लाग्छ।
संगठन पार्टीमा काम गर्ने मानिसहरू पनि वेला बगतमा जानि नजानी रोगी भएका हुन्छौं।त्यो रोगलाई समयमा पन्छाएनौ भने त्यो झांग्गिदै जान्छ र निच्चित समयमा ला इलाज हुन्छ त्यो वेला हामिले चाहेर पनि रोग निको पार्न सक्दैनौं।
त्यसैले समयमा उपचार गर्ने गराउँने पद्ती भनेको आलो चना र सु आलोचनाहो।तर आलोचना मैत्रिपुर्ण र निर्धारित ठाउँमा अनुसाशित रूपमा हुनुपर्छ।जता पायो उतै आलोचना गर्ने बानी ठिक होइन।त्यसरी हामिले एउटा सामन्य रोगलाई पनि गम्भिर बन्ने बाताबरण बनाइ दिन्छौँ।
एक पटकको कुराहो कुनै ठाउँमा म आफैले भाषन गर्दा एकजना साथिले मलाई रोक्दै यह त्यो यहाँ भन्ने कुराहोइन भनेर गलल् हांसे उन्को ब्यबहारले मलाई भित्र भित्रै आक्रोसित गय्रो तर त्यही वेला मैले पनि उनि जस्तै प्रतिरोध गर्थें भने गलत हुंनेथ्यो। पहिले हामीले उसको पुरा कुरा सुन्नुपर्छ र सम्बन्धित ठाउँमा आफुलाई लागेको कुरा भन्नु पर्छ।
कसैलाई काम गर्दा गर्दै टोक्ने बानि गलत हो तर आफुलाई लागेकोछ उसले जानेर गलती गर्दैछ जसबाट गम्भिर खतरा देखिन्छ भने पनि न हिचकिचाएर सम्बन्धित ठाउंमा उसको गम्भिर आलोचना गर्नुपर्छ।कुनैपनि जिम्मेवार ब्याक्तिले फिल्डमा कसैको पनि आलोचना गर्न मिल्दैन।
हामिले यस्तो फिल्डमा काम गर्यो जंहाँ कुनै गलतिको सजाए मिल्छ माफी मिल्दैन थोरै गलतिको पनि भयानक सजाए मिल्ने ठाउंमा लामो समय सम्म काम गरियो।त्यो ठाउँमा आफ्नो मिसनमा सफलता पाउँन कडा साधना गर्नुपर्छ।
आफ्नो कुनैपनि कार्यक्षेत्रमा अनुसाशनमा बसेर मात्रै हामि सफलता पाउंन सक्छौं यही ब्यबहारिकताहो।केटौले पनमा गरेको काम मंपाइले वा कसैको जि हजूरीमा बिताएको समले हामीलाई रोगि बनाएको हुन्छ।कतिपय साथिहरूले संगठन गठन गर्नुलाई मात्र आफ्नो जिम्मा पुरा भयको महेशुर्ष गर्छन।संगठन गठन गर्नु भन्दा संगठनलाई मलजल गरेर त्यसलाई सुदृढ बनाउँनु प्रमुख कुराहो।हामिले पहाडमा मकै छरेपछि कति धेरै मिहेनत गर्छौं पहिले त्यो सानो छंदा त्यसलाई कुटाउँने त्यसपछि अलि ठुलो भएपछि त्यसलाई ढाल्ने अनि ढालेको मकै जब उठ्छ उ अति शक्तिशाली भयर उठ्छ सानो तिनो हवा हुरिले उस्लाई नोकसान पुराउँन सक्दैन।हामि किसानहरू लाई यसको बारेमा बढी जानकारी हुन्छ।न ढालेको मकै र ढालेको मकै बिचको फरक किसानहरूलाई बढी जानकारी हुन्छ।हामिले संगठनमा चौतर्फिय शिक्षा दिएर बनेको टोलले जरूरत परेपछि नगरले गर्न नसकेको पनि टोलले गर्न सक्छ।सुदृढ भयको ब्याक्ती स्पात हुन्छ।हामिलाई थाहाछ फलाम आफैमा हतियार होइन वा हुंदैन त्यो हतियार बन्नको लागी आरनमा खार्रिनुपर्छ अनि मात्रै त्यो धारीलो भयपछि हतियार बनेको हुन्छ।
हामि संगठनमा आफ्नो क्यारिएर बनाउँने उदेस्यले लागेनौं बरू समाजमा हाम्रो जरूरत भयको ठाउँमा काम आउँने हिसावले संगठित भएकाहौं।त्यसैले हामिले राजनीति होइन समाज सेवालाई मुख्यरूपमा ब्यबहारमा ढाल्ने प्रयात्न गय्रौंँ।कतिपय साथिहरूले संगठन बाट भाग्नुलाई बिद्रोह गरेको हम्झिनु हुन्छ र संगठनमा आबद्ध रहेकालाई डरपोक काइते आदी यित्यादी भनेर गिंजाउँनुहुन्छ।त्यो ब्यबहारले हामिलाई उनिहरूको आलोचना गर्न बाध्य पार्छ।नत्र भने हाम्रो संगठनमा लागेर बर्सौं कामगरेका मित्रहरूसँग हाम्रो आत्मियताछ सानुभुतीछ। उनिहरूलाई थोरैपनि हाम्रो कारण मन न दुखोस भनेर कामना गर्दछौं।तर उनिहरुको ब्यबहारले हामिलाई पटक पटक उनिहरूको भण्डाफोर्ड गर्न प्रेरित गरिरहेकोछ।त्यसैले भन्छु साथी हामिले आर्काको गलतीमात्रै उजगार नगरौँ आफ्नो पिठ्युंमा भएको मयललाई पनि सफा गरौँ।गलति जो कसै सँगपनि हुन्छ तर त्यसको सजाए आफ्नै परिवारलाई दिनु भनेको झन ठुलो गलती हो मन्ने मलाई लाग्छ।
अहिले जानि नजानी साथिहरूले ब्याक्तिगत रिस उतार्न आफ्नै घरमा आगो लगाउँन थालेकाछन यो वास्तबिकरूपमा आत्माघाती कदम हो भन्ने कुरा पराष्ट रूपमा आउने दिनहरूमा देखिनेछ।