• होमपेज
  • समाचार
  • जेसीबी पल्टिँदा चालकको मृत्यु

जेसीबी पल्टिँदा चालकको मृत्यु

  • आइतवार, बैशाख ११, २०७९
जेसीबी पल्टिँदा चालकको मृत्यु

सल्यानको बागचौर नगरपालिका–६ सिमखोला स्थित सडकमा शनिबार राति जेसीबी पल्टिदा चालकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परिचालक गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा चालक दाङको बबई गाउँपालिका–४ हापुरेका अन्दाजी ३३ वर्षीय देवराज खत्री रहेका छन् । दुर्घटनामा घाइते भएका परिचालक सल्यानको छत्रेदेउराली गाउँपालिका–१ दमाचौरका १८ वर्षीय चित्रवहादुर विकको जिल्ला अस्पताल सल्यानमा उपचार भइरहेको छ ।

सल्यानको महिदोले देखि जामुलेचौर वडा कार्यालय जोड्ने सडक फराकिलो बनाउँदै गरेको रा १ क ७१९ नम्बरको जेसीबी गएराती साढे ९ बजे सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।

चर्चामा

सम्बन्धित समाचार