सुरेशकुमार पान्डे — अहिले कता कति बिगतमा हामिले भन्दै आएको कुरा पुष्टी हुँदै आएकोछ।संघियता देशी सामन्तवाद र बिदेशीको कपट पूर्ण रूपबाट आएकोहो।संघियतालाई राजावादीहरूले यसकारण बिरोध गर्दै आएकाछन ताकी देशभित्र फेरी आफ्नो शासन ब्यबस्था फर्काउँने जनमत जुटाउँने उनिहरू सँग दुइवटा मात्र राजनीति आधारछन।एउटा धर्म निरपक्षियताको बिरूद्धमा हिंदु धर्म आर्को संघियता जसले जनतामा भ्रम छरेर गणतान्त्रिक ब्यबस्थाको अनत्य गर्ने र आफ्नो गुमेको स्वर्ग फिर्ता लिने।अहिले राजावादीहरूले त्यसैमा टेकेर गणतन्त्रमाथी प्रहार गर्दै आएकाछन।गणतन्त्रको घांटी ठिमुठ्न लागेको राजावादीको पार्टी सँग एकता गरेर एमालेले जन अधिकारको घांटी शेर्दैछ।जतिवेला संघियतालाई बोकाको टाउकोमा भैंसीको सिङ भनेर ओली चर्चाको बिषय भनेका थिए त्यो वेला यो लेखकले ओली माथि सङ्का गर्दै एउटा लेखेको थियो “कतै हामिले हाम्रो भन्नेहरूले राजालाई गुन त लगाउँदैनन्”तर धेरैले ओलीको त्यो भनाईलाई स्वागत पनि गरेका थिए।अहिले नतिजा आएकोछ अब त्यसबारे भन्नु केहीछैन।हुंन त यो संघियता बिदेशी रोगनै हो तर पनि राजावादीहरूले यसैमा टेकेर गणतन्त्रमाथी हमला गर्दै आएकाछन।हामिले संघियताको बिरोध कुनै राजनीति स्वार्थ लिनको लागि गरेका थिएनौ तर राजावादीहरूले एसैमा टेकेर गणतन्त्रमाथि प्रहार गर्दै आएको थियो अहिले आफुलाई कम्युनिष्ट भन्नेहरू पनि गणतन्त्रको बिरोधी खेमामा सामिल भएकाछन।
अहिले देशमा संघिय ब्यबस्थाछ त्यो वेला एउटा सानो देशलाई सातवटा प्रदेश बनाउँनै प्रनेथिएन झन आर्थिक कम्जोर राष्ट्रलाई त यो आत्मघातीनै हो।
अहिले देशले थेग्न नसकेको संघियतालाई जोगाउँनै प्रने बाध्यता किन पय्रो यिनी राजनीति दलहरूलाई?देश अहिले सम्म रेमिटेन्सीको भरमा चलेकोछ।सरकार जुन सुकैको आएपनि बिदेशीको अगाडी हात जोडेर उसले दिएको अनुदानको भरमा सरकार चलाउँछन।देशको यस्तो अबस्थामा देशले आठौटा सरकार नौवटा संसद ८८४सांसद पाल्दा देशको ढुकुटी रित्तिने मात्रहोइन देश रिणमा परिरहेकोछ।देशका नागरीकहरूको सिरमा रिणको भार बढ्दै गएकोछ।अहिले स्थानीए निर्वाचनमा नेताहरूले कसैले फ्रिमा इंडेक्सन चुला दिने भनेर वादा गरेकाछन कसैले देशमा आफुले जिते पांचहजार पिन्सिन दिन्छौ भनेकाछन,कसैले मासु र भात,चुनाव प्रचार गर्न खर्चिन्छन चुनाव प्रचार कयौं ठुलादलहरूले गराएकाछन यो रकम कस्ले दिनेहो?देशको ढुकुटी बाट वा चुनाव पछि कर बढाएर कसरी चुक्ता गर्छन? यि नेताहरूले।
अहिले जनताले बुझ्नै पर्ने कुरा के होत?अहिले जनताले नबुझि नहुँने बिषय भनेको देशमा यती वेलाको स्थानीय चुनाव गणतान्त्रिक देशभक्त र प्रतिगामीहरूको बिचको प्रदिशप्रधाहो भनेर बुझ्नुपर्छ।
एकातिर राजावादीहरूको जमघट भएकोछ भने आर्को तिर गणतन्त्रबादीको एकता भएकोछ अहिलेको स्थानिय निर्वाचन यिनै दुबै शक्तिहरूको बिचको प्रदिशप्रधालाई ध्यान दिएर नागरिकहरूले मतदान गर्नुपर्ला।
हामिले संघियतालाई जन्मिदा देखून बिरोध गर्दै आएकाछौं राजमोले अहिले पनि त्यो अडान छाडेकोछैन र लगातार संघियता र एमसीसीको बिरोधमा शंघर्ष गर्दै आएको कुरा जग जाहेरछ।त्यो कुनै राजनीति लाभ लिनको लागी होइन एउटा देशभक्तले गणतन्त्रवादीले देश र जनताको हितमा उठाएको आवाज हो।तर कयौं मौका प्रस्त राजनीति पार्टीहरूले त्यो माग राजनीति लाभलिन गर्दै आएको कुरा पुष्टी हुँदै आएकोछ।
यो चुनाव एउटा बुजुर्वा साशन ब्यबस्था भित्रकोहो त्यसलाई हामिले त्यही रूपमा हेरेका हुन्छौं तर अहिलेको अबस्था देशमा बिदेशी साम्राज्यवादको चलखेल बढेको र सामन्तवादको प्रतिगामी कदमलाई कथित कम्युनिष्ट भन्नेहरूले समेत साथ दिएको अबस्थामा यो चुनाव चित्नुले बिशेष महत्व दिनेछ।त्यसकारण यो जीवन मरणको प्रश्न नभयपनि सके सम्म प्रतिगामी शक्तिलाई परास्त गरेर गणतन्त्रीक ब्यबस्थाको जोगेर्ना गर्नुपर्छ भन्ने हामिलाई लागेकोछ।
कतिपय साथिहरूले राजनीति दरिद्रताका कारण भनौ वा बिरोधको लागी बिरोध भनौ पार्टीको सहि कार्यको बिरोध गरेर उनिहरूले समेत प्रतिगामी शक्तिलाई जानि वा नजानी सहयोग पुराएकाछन।साथिहरूलाई समयमै सदबुद्धि पलावस र देश र जनताको हितमा सोंच्नसक्ने दुरदर्शिएता बनावस भनेर कामना गर्नुको सेवाए केनै गर्न सकिन्छ।अंझै पनि उंहाहरूले राजमोलाई दक्षिण पन्थी भनेर थाक्नु हुँदैन।त्यो राजनीति आन्दोलन रिस रागले चल्दैन बरे अहिलेको परिवेशमा कुन राजनीति अगाल्ने त्यसबारे मैत्री पुर्ण छलफल गरेर अगाडी बढ्दा धेरै राम्रो होला।
साथिहरूलाई लागेको होला यि यावत कुराहरू स्यालहुइया त होइनन्?यो समयले प्रष्ट पार्दै लग्नेछ।