सुरेशकुमार पान्डे — हामिले सात दशक देखि सम्मबिधान सभाको माग गय्रों वा त्यो मागलाई समर्थन गय्रों।आफुलाई कम्युनिष्ट भन्नेहरूले पनि त्यही मागलाई आधार बनाएर शंघर्ष गर्यौं।
कम्युनिष्टपार्टीको दर्भङ्गा प्लेनमले सम्बिधान सभाको मागलाई पारितनै गय्रो।सम्बिधान सभाको माग सुधारवादी होइनर?सम्बिधान सभाको माग पनि त गर्ने हामिनै हौं त्यो वेला सम्बिधान सभाको माग नगरेर मात्र नौलो जनवादी क्रान्तिकैलागी सतिसाल बनेर किन उभ्भिएनौं?
असलमा समम्बिधान सभाको माग भनेको पुरानो ब्यबस्थालाई नयां बिधिमा चलाउँने उदेश्यलेनै हो।आर्को कुरा नौलो जनवाद भनेको केहो?त्यो पनि त मूलतःपुंजिवादी ब्यबस्थानै हो।के नौलो जनवादी ब्यबस्थाले सबै समस्यको समाधान गर्ला त?पक्कै पनि त्यस ब्यबस्थामा सबैको समस्यको समाधान हुनेछैन र शंघर्ष जारिनै रहन्छ।
कामरेड माओंले समाजवादी क्रान्ति सफल हुंन नसक्ने देखेपछी सन१९४०को दसकमा नौलोजनवादको खाका कोर्नु भयो।नौलो जनवाद भनेको त कामरेड माओलेनै प्रतिवादन गर्नु भयकोहो।त्यो भन्दा पहिले कतै नौलो जनवादको नामोनिसान थिएन।
एउट अर्धसामन्ति र अर्ध उपनेवेसिक देशमा पहिले कृषि क्रान्ति गरेर त्यो देशमा पुंजिको बिकास गरेपछि बल्ल समाजवादि क्रान्ति सफल हुने देखेर उन्ले त्यो नौलो जनवादको प्रतिवादन गरे।नौलो जनवादी क्रान्ति सन१९७९मा समपन्न भयपनि चीनमा सांस्कृतिक क्रान्ति को थालनि गर्नु पय्रो र त्यही द्वौरान सन १९७६मा माओको निधन भयो तर पनि देशले समाजवादी दिशा छोप्न सकेन बरू साम्राज्यवादी दिशा अन्मुख भयो।याद्मापी पहिलेको चीन र पछिको चीनमा ठुलो फरक भयो अहिले चीन विस्वमा शक्तिशाली मध्यको देश भयकोछ।
नयां जनवाद र पुरानो जनवादमा आखिर के फरक थियो त?यद्मापी यि दुबै जनवाद पुंजिवादी ब्यबस्था भित्रकै हुन।कामरेड माओले नौलो जनवादलाई पुरानो जनवादको ठिक उल्टो पारेर त्यसको खाका तैयार पारेका थिए।पुरानो ब्यबस्थामा धनमानको नेतृत्वमा अल्क्षि शोशकहरूको अधिनायकत्व हुन्छ र नौलो जनवादमा सर्वहारा बर्गको नेतृत्व र मेहंनत कस बर्गको अधिनायकत्व हुन्छ।यही फरकहो तर अहिले नौलो जनवादी क्रान्तिका गीत गाउँनेहरू आफै धनि बन्ने होड गरेकाछन।मानसिकता बुजुर्वा अनि नारा क्रान्तिकारी।
यो परिस्थितिमा नौलो जनवादी क्रान्ति गर्न लामू समय सम्म पर्खिनु पर्छ।
त्यसैको आधार तैयार पार्न हामिले सम्बिधान सभा द्वारा सामन्तिहरूलाई सखाफ पार्ने प्रयात्न गरेकोहो तर पनि हाम्रै कम्जोरीले गर्दा पटक पटक प्रतिगमनको अबस्था सिर्जना हुंदै आएकोछ।हिंजो जनता सँग लुकेर हिंड्ने राजावादीहरू आज मञ्चमा उभ्भिएर भाषण गर्ने भएकाछन।त्यो मात्रहोइन राजा आउ देश बचाउ भन्ने नारा घन्काएकाछन।
यो प्रतिगमनको आधार हो कि होइन?तपांई हरू आफैले भन्नुस।अहिले देश तिर्पक्षिय मार्गमा उभिएकोछ।पहिलो गणतन्त्र,दोस्रो प्रतिगामी,तेस्रो बिदेशीको चलखेल।यिनै तिनौटा बाटाहरू मध्य कुन जनता र देशको हितमा हुन्छ त्यसैको फैसला गर्नुपर्नेछ।राजवादीहरूले बिदेशी चलखेलको बिरोध गर्छ,एमसीसीलाई र संघियताको खारेजीको माग गर्छ र देशमा हिंदु राज्य र राजतन्त्रको माग गर्छ।
गणतन्त्र र धर्म निरपक्षियता पुरानो बहुदलिय ब्यबस्था भन्दा प्रगतिसिल हो जो सम्बिधान सभाले प्रदान गरेकोछ।हामिले यि दुबै बहुदललाई हेर्ने दृष्टीकोण फरक हुनुपर्छ।राजतन्त्रको पक्षमा हिंजो २०४७को सम्बिधान थियो जस्लाई उपयोग गरेर राजाले सत्ता कब्जा गय्रो।अहिले २०७२को सम्बिधान भनेको जनताले बनाएको सम्बिधान हो।त्यसलाई जनतालेनै बदर गर्न सक्ने भएकोले राजावादीहरूले आफ्नो पक्षमा जनमत तैयार पार्न सक्दो प्रयास गर्दै आएकाछन र कयिपय राजनीतिक पार्टीहरूले बारम बार उनिहरूको दलालि जिहजूरी गर्दै देशलाई उनिहरूको झोलिमा हाल्ने प्रयात्न गर्दैछन त्यस कारणले पनि अहिले गणतान्त्रिक शक्तिहरूको एकताको खांचोछ।
यदि भोलिको दिनमा बिदेशीको हस्तक्षेप बढेर गयो भने आज जस्का बिरोधमा लडेकाछौं उनिहरू सँग पनि एकता गरेर जानुपर्ने हुन्छ।हाम्रो नीति दुश्मन शक्ति सँग शंघर्ष एकता र शंघर्ष को हुन्छ भने मित्र शक्ति सँग एकता शंघर्ष र एकताको हुन्छ यहि लेनिनवादी शिधान्तहो भनेर बुझ्नुपर्छ।
हाम्रो देशमा हामिले कम्युनिष्ट दिशा समातेको भयपनि कम्युनिष्टको ब्यबस्था ल्याउँने आधार समेत बनाउंन सकिराखेकाछैनौं।यो अबस्थामा देशभित्रको राजनीति प्रदिसप्रधा भनेको बुजुर्वा प्रकारको हो भनेर बुझ्नुपर्छ। अहिलेको स्थानिय चुनावलाई प्रतिगमन र बिदेशी हस्तक्षेपको बिरोधमा राष्ट्रियता र गणतन्त्रको हितका लागी पांच दलिय गठबन्धन गर्ने निर्णय भयको हुंदा साथिहरूले यही अनुसाशनमा रहेर चुनावमा प्रचार प्रसार र मतदान गर्ने गर्नुपर्दछ।
हामिले इमानदारी सँग भन्नु पर्दा अहिले सम्मका तमाम कृयाकलाप बुजुर्वा राज्य ब्यबस्था भित्र शुधारवादी माग हरू गर्दै आएका छौं।नौलो जनवादी क्रान्तिलाई मात्र हामिले न्युनतम आमूल परिवर्तनका लागि भनेर भन्दै आएकाछौं त्यो पनि पुंजिवादी ब्यबस्था भित्रको गणतन्त्रहो मात्र त्यो पुंजिपती र शोशक बर्ग बाट सत्ता खोसेर सर्वहारा र मेहनत कस बर्गले सत्ता आफ्नो हातमा लिने भयकोले त्यँहा आमूल परिवर्तनको आसा गरिन्छ।
अहिले तत्कालमा क्रान्ति क्रान्ति भनेर गीत गाउँनेहरू पानि धमुलेर माछा मार्ने प्रयात्नमा छन।क्रान्ति भन्नु त सजिलो हुन्छ तर क्रान्तिको “क”लाई ब्यबहारमा उतार्न धेरै कठिन हुन्छ।साथिहरूले कति ब्यबहारिकता दिन सक्नुहुन्छ?अहिले हामिहरू मध्यकाले एउटा बुजुर्वा परमपरालाई त्याग्न कती कठिन हुन्छ त्यसबारे जस्ले ब्यबहारमा उतार्ने प्रयात्न गरेकोछ त्यसलाई सोध्नुस थाहा हुन्छ।
मुनाफा कमाएर ठेक्का बट्टा गरेर वा प्लाटिंग को खेल गर्दै भूमिफियालाई गाली गरेको जस्तो क्रान्ति गर्नु हुंदैन।अहिले देशको परिस्थितिको मुल्याङ्कन गरौं त देशभित्रको गृहयुद्ध पछिको अबस्था कस्तो होला ?नेपालमा क्रान्ति गर्न सजिलो छैन क्रान्ति पछिको ब्यबस्था टेकाउँन पनि त्यति सजिलोछैन।फ्रांस को राजधानी रहेको पेरिसको क्रान्तिको बारेमा अध्यायन गरेका साथिहरूलाई थाहाछ त्यो एकहत्तर दिनको ब्यबस्थालाई पुंजिपतिहरूले खोसेपछी त्यँहाको कस्तो भयभाव अबस्था भयको थियो।क्रान्ति केटाकेटीको खेल होइन।
अहिले हाम्रो देश चीन र भारत जस्तो विस्वका ठुला ठुला साम्राज्यबादीहरूको बिचमा दुई ढुंगा को तरूल जस्तो भएकोछ।हाम्रो थोरै पनि गलत ब्यबहारले बिग्रिएको व्यलेन्स पछिको अबस्था कस्तो होला?निश्चित रूपमा देशलाई कुनैले आफ्नो ग्रास बनाउँन सक्नेछ।त्यसैले गर्दा धेरै क्रान्तिकारी धाग जमाउँनु भन्दा गहिरेर अध्यायन गरौं र देशको हितमा ब्यबहार गरौं।अहिले हाम्रो लडाई संघियताको खारेजी र देशलाई आर्थिक भार बाट मुक्त गर्ने हुनुपर्छ।आज देशमा आर्थिक सङ्कटको अबस्था सिर्जना भएकोछ।यो अबस्था बिग्रिंदै गयो भने छिमेकीले पनि मौकामा चौका हान्न कमर कसैकै हुन्छ भन्नेकुरा हामि कसेबाट पनि लुकेकोछैन।अहिले देशमा सम्बिधान सभा द्वारा बनेको समँबिधानमा पनि धेरै त्रुटीहरू मौजुदछन तिनि कमि कम्जोरीहरूलाई बिस्तारै हटाउँदै देशलाई आत्मानिर्भर गराउँन अहिले सबै नाकरिकको क्रतब्यहुन्छ।