• होमपेज
  • समाचार
  • जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

  • बुधबार, चैत्र ३०, २०७८
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

सुर्खेतमा २४ वर्षीया युवतीलाई जबरजस्ती करणी गरेको अभियोगमा वीरेन्द्नगर नगरपालिका-५ कालीका बस्ने ३१ वर्षीय सुग्रीब नेपालीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

वीरेन्द्रनगर नगरपालिका-५ कालिका टोल नजिकैको जंगलमा सुग्रीब नेपाली र सोही ठाउँ बस्ने १९ वर्षीय रोशन गुरुङले ती युवतीलाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरीले घटनामा संलग्नमध्ये सुग्रीबलाई पक्राउ गरेको हो । घटनामा संलग्न हाल फरार रोशन गुरुङको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार