मङ्लबार, अशोज १५, २०८१
  • होमपेज
  • समाज
  • बाजुरामा कुपोषित बच्चा खोज्दै स्वास्थ्यकर्मी गाउँगाउँमा

बाजुरामा कुपोषित बच्चा खोज्दै स्वास्थ्यकर्मी गाउँगाउँमा

  • बुधबार, चैत्र ३०, २०७८
बाजुरामा कुपोषित बच्चा खोज्दै स्वास्थ्यकर्मी गाउँगाउँमा

बाजुरा–बाजुरामा कुपोषित वालवालिकाको पहिचान गर्न स्वास्थ्यकर्मी गाउँगाउँमा गइरहेका छन् । जिल्ला अस्पताल बाजुरामा पोषण पुनस्र्थापना केन्द्र स्थापना भए सँगै स्वास्थ्यकर्मी कुपोषित बच्चा पहिचान गर्न गाउँमा जाने गरेको अस्पताल बाजुराका प्रमुख डा. प्रकाशराज जोशीले वताएका छन् ।
जिल्ला अस्पताल बाजुरामा पोषण पुनस्र्थापना केन्द्र स्थापना सँगै पुष ८ गते बाट सेवा सञ्चालन भएको हो । पुष यता ८ सय ५३ जना बच्चाको चेक जाँच गर्दा ६९ जना कडा कुपोषित र १ सय ५७ जना मध्यम कुपोषित भेटिएको पोषण पुनस्र्थापना केन्द्रकि कार्यक्रम प्रबन्धक निर्मला सुनारले वताएकि छन् । कडा कुपोषित मध्ये ४७ जनाको अस्पताल बाजुरामा स्थापना भएको पोषण पुनस्र्थापना केन्द्रमा उपचार भएको निर्मलाले वताईन् । ४७ जना मध्ये ३८ जना वालवालिका उपचार भएर घर पठाएको अस्पताल बाजुराले जनाएको छ ।
स्वास्थ्यकर्मी कुपोषित बालवालिका चेक जाँच गर्न जिल्लाका बिकट स्वामिकार्तिक खापर, हिमाली, जगन्नाथ, गौमुल गाउँपालिकामा पुगेको अस्पताल प्रमुख जोशीले वताए । जिल्लामा बालवालिकामा कुपोषणको कहर रहेको पाईएपछि स्वास्थ्यकर्मी गाउँमा कुपोषित बालवालिका खोज्न पठाएको अस्पतालले जनाएको छ ।
अस्पताल बाजुरामा पोषण पुनस्र्थापना केन्द्र स्थापना सँगै बाजुरामा पहिलो पटक कडा कुपोषित बच्चाको उपचार शुरु भएको छ । बाजुरा जिल्ला देशमै सबैभन्दा बढी वालवालिकामा कुपोषण दर रहेको छ । कुपोषित बच्चालाई अस्पतालमा ५ दिन देखी सञ्चो नहुदा सम्म राख्ने गरिएको छ । आमा र बच्चालाई खानाको ब्यबस्थापन अस्पातलले गर्ने गरेको छ । बच्चालाई लुगा समेत अस्पतालले दिने गरेको छ । पोषण पुनस्र्थापना केन्द्रमा उपचारमा भर्ना भएका आमा र बच्चालाई पोषिलो खानेकुराको ब्यबस्थापन गरिएको अस्पताल बाजुराका प्रमुख जोशीले वताएका छन् ।
पोषण पुनस्र्थापना केन्द्रका लागि अस्पतालमा १० वटा बेड राखिएको छ । कुपोषित बच्चालाई जिल्लाबाहीर उपचार गर्नजानुपर्ने बाध्यता थियो, जिल्लामै उपचार शुरु भएपछि आर्थिक अभाबमा उपचार बाट कोही बञ्चित नहुने महिला स्वास्थ्य स्वयंमसेविका बिस्ना रावलले वताएकि छन् ।
बाजुराका दुर्गम गाउँमा कुपोषण दर निकै रहेको छ । नेपालमा कुपोषण दर ३७ प्रतिशत रहेको छ । बाजुरामा त्यो भन्दा बढी रहेको स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले वताएका छन् । गाउँमा कुपोषणले धेरै बच्चा मृत्युको मुखमा पर्ने गरेका छन्, उपचार गर्न आर्थिक अभाबले नलिने गरेको पाईन्छ । जिल्लामै पोषण पुनस्र्थापना केन्द्र स्थापना भएपछि धेरै बालवालिका कुपोषणको मृत्यु बाट जोगिने पन्तले वताए । बाजुरामा छोरा भन्दा छोरी बढी कुपोषण हुने गरेको पाईन्छ ।

चर्चामा

सम्बन्धित समाचार