आइतवार, कार्तिक ४, २०८१
  • होमपेज
  • देश
  • ट्रायल पास भएर पनि सुदूरपश्चिका ८४ हजारले पाएनन् लाइसेन्स

ट्रायल पास भएर पनि सुदूरपश्चिका ८४ हजारले पाएनन् लाइसेन्स

  • सोमवार, चैत्र १४, २०७८
ट्रायल पास भएर पनि सुदूरपश्चिका ८४ हजारले पाएनन् लाइसेन्स

धनगढी– सुदूरपश्चिममा ८४ हजार बढी सवारी लाइसेन्स वितरण गर्न बाँकी रहेको छ। उनीहरुले आवेदन दिएर ट्रायल परीक्षा पास गरेको भए पनि सवारी लाइसेन्स पाउन सकेका छैनन्। सरकारले स्मार्ट लाइसेन्स दिने भनेपछि नवीकरण गर्नेले पनि लाइसेन्स पाउन सकेका छैनन्। जसका कारण सवारी साधन चलाउँदा चालकले समस्या भोग्नु परेको छ। स्मार्ट लाइसेन्सका लागि दुई वर्ष अगाडि आवेदन भरेकाले समेत नयाँ लाइसेन्स पाउन सकेका छैनन्।

यातायात कार्यालय कैलालीमा २०७९ पुषसम्म ट्रायल गर्ने तालिका प्याक भए पनि जेठपछि फारम भर्नेले चाँडै लाइसेन्स पाउने दाबी गरिएको छ। यातायात कार्यालय कैलालीमा २ वर्षसम्म २८ हजार लाइसेन्स नवीकरण गरेर यातायात व्यवस्था विभागबाट नआएको यातायात व्यवस्था कार्यालय धनगढीका निमित्त प्रमुख लक्ष्मण शाहले बताए।‘अहिले नयाँ सवारी अनुमति पत्र लिन आवेदन बन्द गरिएको छ। हाम्रो कार्यालयबाट ६० हजार बढीले नयाँ लाइसेन्स पाउन बाँकी छ’ उनले भने, ‘नयाँ तथा नवीकरण गर्ने लाइसेन्स लिनेमा सबैभन्दा बढी दुई पाङ्ग्रे सवारी चालक रहेका छन्।’

यातायात कार्यालय धनगढीमा ३१ हजार ३११ आवेदन वायोमेट्रिकका लागि लाइनमा रहेका छन्। पुसदेखि चैत मध्यसम्म थप ९ हजार ६४१ आवेदन आएको यातायात कार्यालय धनगढीले जनाएको छ। आगामी पुससम्म लाइसेन्सको लिखित र प्रयोगात्मक परीक्षाका लागि उम्मेदवारहरूलाई निश्चित दिन दिइएको भए पनि जेठपछि आउने लाइसेन्सका आवेदकले लामो समय कुर्नु नपर्ने यातायात कार्यालय धनगढीका निमित्त प्रमुख शाहले बताए।

यातायात कार्यालय धनगढीले ६८ हजार ९५२ नयाँ र पुराना लाइसेन्स वितरण गर्न बाँकी रहेको जनाएको छ। यातायात कार्यालय महेन्द्रनगरमा भने ७ हजार ६९१ प्रिन्ट गर्न बाँकी, ६ हजार ७५२ प्रिन्ट भएर आएको तथा ८ हजार बढी नयाँ आवेदन परेको यातायात कार्यालय महेन्द्रनगरका प्रमुख विनोद मालीले बताए।

दुई वर्षदेखि स्मार्ट लाइसेन्स पाउन नसकेका कारण सवारी चालकले विभिन्न समस्या भोग्नु परेको छ। यातायात कार्यालयले दिएको रसिद हराउदा, पानी तथा पसिनाले बिग्रिदा सवारी चालकले सास्ती भोग्नु परिरहेको छ।दिनेशखबरबाट

चर्चामा

सम्बन्धित समाचार