मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • समाचार
  • पान पसलमा आगो लागेको विषयमा धनुषामा प्रहरी र व्यापारीबीच झडप

पान पसलमा आगो लागेको विषयमा धनुषामा प्रहरी र व्यापारीबीच झडप

आठ सेल अश्रुग्यास प्रहार, प्रहरीसहित २ घाइते

  • आइतवार, चैत्र १३, २०७८
पान पसलमा आगो लागेको विषयमा धनुषामा प्रहरी र व्यापारीबीच झडप

धनुषाको विदेह नगरपालिकास्थित तिनकौरीया चोकमा स्थानीय व्यापारी र प्रहरीबीच आइतबार झडप भएको छ।

पान पसलमा आगलागी भएको घटनाको विरोधमा स्थानीय व्यवसायी र बजार व्यवस्थापन समितिले सडक अवरूद्ध पारेर प्रदर्शन गर्ने क्रममा झडप भएको हो।

झडपमा एकजना प्रहरी र एकजना स्थानीय घाइते भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

शनिबार राति साढे ११ बजे स्थानीय सन्तोषकुमार मण्डलको शान्ता पान पैलेसमा अज्ञात व्यक्तिले आगजनी गरेका थिए।

प्रहरीले लापरबाही गरेको र नगरपालिकाले बजारमा सिसिटिभी जडान नगरेकाले घटना भएको भन्दै स्थानीयले बिहानैदेखि नगरपालिकाका मेयर बेचन दास र प्रहरी विरूद्ध टायर बालेर प्रदर्शन गरेका थिए।

स्थिति नियन्त्रणमा लिन प्रहरीले आठ सेल अश्रुग्यास प्रहार गरको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए। अहिले आन्दोलनकारी, नगरपालिका र प्रहरीबीच छलफल चलिरहेको उनले बताए।

चर्चामा

सम्बन्धित समाचार