मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • समाचार
  • कैलालीमा आफैं हानेको गोलीले प्रहरी जवान घाइते

कैलालीमा आफैं हानेको गोलीले प्रहरी जवान घाइते

  • आइतवार, फाल्गुन २२, २०७८
कैलालीमा आफैं हानेको गोलीले प्रहरी जवान घाइते

धनगढी — कैलालीमा एक जना प्रहरी जवानले आफैमाथि गोली प्रहार गरेका छन् ।

प्रहरी चौकी कालाकुण्डामा कार्यरत प्रहरी जवान झंकर बोहराले ड्युटीमा रहेका बेला शनिबार राति आफैंमाथि गोली हानेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिए ।

चिउडोमा गोली लागेर घाइते भएका उनलाई उपचारका लागि प्रहरी अस्पताल काठमाडौं पठाइएको उनले बताए । उनी खतरामुक्त छन् ।

चर्चामा

सम्बन्धित समाचार