मङ्लबार, मंसिर ४, २०८१
  • होमपेज
  • समाचार
  • लागूऔषध नदिँदा हत्या

लागूऔषध नदिँदा हत्या

  • शनिबार, फाल्गुन २१, २०७८
लागूऔषध नदिँदा हत्या

काठमाडौं — जुम्लाका मानबहादुर राउत शिवरात्रिको दिन बिहान मृत भेटिए। उनको टाउकोमा गहिरो चोट लागेको थियो । उनको शव काठमाडांैको बुढानीलकण्ठ–५ को थाकचोकस्थित प्लटिङमा भेटिएको थियो। राउत टोखास्थित चण्डेश्वरी मन्दिरनजिकै परिवारसहित डेरा गरी बस्दै आएका थिए। ३२ वर्षीय राउत मजदुरी गरी परिवार पाल्दै आएका थिए। महानगरीय प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीका अनुसार उनको हत्यामा संलग्न भएको अभियोगमा विष्णुमती दुलाल गाउँ बस्ने २४ वर्षीय याकुभ चौधरी र लिबुकोट बस्ने १८ वर्षीय करण पासवान प्रक्राऊ परेका छन्।

शंस्कास्पद रूपमा शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। तर, सनाखत हुन सकेको थिएन। प्रवक्ता मैनालीका अनुसार शव हेर्दा शंस्कास्पद र हत्या गरेर फालिएको जस्तो लागेपछि अनुसन्धानका लागि कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको थियो। प्रहरीले राउतको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पठाएको थियो। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको मैनालीले बताए।
प्रारम्भिक अनुसन्धानबाट राउतको हत्याको कारण लागूऔषध भएको बुझिएको छ। प्रहरीका अनुसार राउत १६ गते साँझ घरबाट हिँडेका थिए। पक्राउ परेका चौधरी, पासवान र मृतक राउत पहिलेदेखिकै
मिल्ने साथी हुन्। दुव्र्यसनीमा लागेका उनीहरू सँगै बसेर गाजा खाने, ड्रक्स लिने, रक्सी खाने गरेको प्रहरीले जनाएको छ। याकुभ चौधरी लागूऔषध सुधार केन्द्रमा समेत बसेका थिए।

यसैक्रममा लागूऔषध र ड्रक्स ल्याइदिन चौधरीले मृतकलाई ३५ हजार रुपैयाँ दिएको देखिन्छ। राउतले पैसा फिर्ता नदिने र लागूऔषध पनि नल्याउने गरेपछि उनीहरूबीच विवाद आएको र १६ गते
साँझ मृतक आफ्नो फुपुको छोरासँग टोखातिर गएर मापसे गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दुलाल गाउँको घले होटलमा मृतक राउत र आरोपितहरूको भेट भएको थियो। त्यहाँबाट उनीहरू एउटै मोटरसाइकलमा चौधरीको घरछेउमा पुगेका थिए। त्यहाँ पुगेर पासवानले गाजा भरेर तान्न थाले। चौधरी र राउतबीच विवाद भयो। अनुसन्धान संग्लन अधिकृतका अनुसार विवादले चर्को रूप लिँदा चौधरीले मृतकलाई मुक्का हानेका थिए। पासवानले पनि भुइँमा रहेको बाँसको भाटा टिपेर पछाडिबाट टाउकोमा २ पटक हाने। कुटाइबाट सिकिस्त भएका राउत ढल्मलिँदै त्यहाँबाट हिँडे। आरोपितहरू भागेर घर गए। प्रहरीले खोज्छ र अप्ठ्यारो पर्छ भनेर अर्को दिन चौधरीलाई पुनः सुधार केन्द्र पठाइएको थियो।आजकाे समाचार अन्नपुर्णपाेष्टमा छ

चर्चामा

सम्बन्धित समाचार