मङ्लबार, असार १६, २०८३
  • होमपेज
  • समाचार
  • कैलालीमा चौपायासँग मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

कैलालीमा चौपायासँग मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

  • बुधबार, फाल्गुन ११, २०७८
सेयर गर्नुहोस् :
कैलालीमा चौपायासँग मोटरसाइकल ठोक्किँदा दुई जना घाइते

धनगढी– कैलालीमा छाडा पशु चौपायासँग मोटरसाइकल ठोक्किँदा दुई जना घाइते भएका छन्। प्रहरीका अनुसार पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत जिल्लाको गौरीगंगा नगरपालिका-८ लिखमा पुलमा से६प १७८७ नम्बरको मोटरसाइकल छाडा चौपाया गाईसँग ठोक्किँदा दुई जना घाइते भएका हुन्।

घाइते हुनेमा मोटरसाइकल चालक कैलारी गाउँपालिका २ का २३ वर्षीय रविन चौधरी र पछाडि सवार २५ वर्षीया अरुणा चौधरी रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएकी अरुणाको घोडाघोडी अस्पताल सुखडमा उपचार भइरहेको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। रविन सामान्य घाइते भएका र उनको स्थानीय मेडिकलमा उपचार गरिएको बताइएको छ। मोटरसाइकल इलाका प्रहरी कार्यालय मसुरियाको नियन्त्रणमा रहेको प्रहरीले बताएको छ।

चर्चामा

सम्बन्धित समाचार