प्रहरीले दाङ र बाँकेबाट अवैध लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका–५ न्युरोड बस्ने ३३ वर्षीय भुपलाल विक, नेपालगञ्ज उपमहानगरपालिका १६ जयसपुरका ३८ वर्षीय साहदत आली र १८ वर्षीय अर्का एक किशोर रहेका छन् । उनीहरुलाई जिल्लाका छुट्टाछुटै स्थानबाट पक्राउ गरिएको लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ ।
विकलाई आफ्नै घरमा लागूऔषध बिक्री गरी रहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।
यता बाँकेका अलि र अर्का किशोरलाई ४ सय मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ सहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । सीमा प्रहरी चौकी जयसपुरबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूमाथि थप अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।